मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७६ माघ ५ आइतबार १०:५३:००
Read Time : < 1 मिनेट
सप्तरंग

संगीतकार अनु मल्लिकले पाए ‘क्लिन चिट’ !

Read Time : < 1 मिनेट
एजेन्सी
२०७६ माघ ५ आइतबार १०:५३:००


यौन दुर्व्यवहारको आरोप लागेका भारतीय संगीतकार अनु मल्लिकलाई त्यहाँको राष्ट्रिय महिला आयोगले प्रमाण नपुगेको भन्दै ‘क्लिन चिट’ दिएको छ । 

महिला ओयोगकी अध्यक्ष रेखा शर्माले मल्लिकलाई सफाइ दिएपछि यौन दुर्व्यवहारको आरोप लगाएकी गायिका सोना महापात्रा र नायिका तनुश्री दत्ताले  महिला आयोगकाे  कार्यसम्पादनप्रति सवाल उठाएका छन् । 

महापात्राले ट्वीट गर्दै भनेकी छन्, ‘कृपया ध्यान दिनुहोला, यो झुट हो, महिला यौन दुर्व्यवहारमा परेका महिलाहरुको रिपोर्ट जम्मा गरेर ओयोगलाई पठाएकी थिएँ । र मैले आयोगकी अध्यक्षसँग भेट्न धेरै पटक आग्रह गरेँ । तर, उताबाट एक लाइनमा जवाफ आयो, ‘यिनलाई महिलाहरुको कुनै परवाह छैन’ ।’ 

नायिका दत्ताले पनि ओयोगको फैसलाप्रति आपत्ति जनाएकी छन् । उनले राष्ट्रिय महिला आयोग पनि अन्य संस्थाजस्तै भष्ट्राचार, पक्षपात र गलत विचारधाराबाट निर्देशित छ । यो महिलामाथि भएको यौन दुर्व्यवहारजस्तो अपराधलाई हचुवाका भरमा दिइएको ‘क्लिन चिट’ आयोगको असक्षमता र बकवासबाहेक केही होइन भन्दै कडा टिप्पणी गरेकी छन् । 

इन्डियन आइडल ११ औं सिजनको जजसमेत रहेका उनलाई यौंन दुव्र्यवहारको आरोप लागेपछि डेढ महिनाअघि कार्यक्रमबाट निकालिएको थियो । यस्तै आइडलको १० औं सिजनमा पनि यौन दुर्व्यवहारकै आरोपमा उनलाई कार्यक्रमको बिचबाटै निकालिएको थियो ।