मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल फाेटाे
सुरञ्जन घिमिरे  काठमाडौं
२०७६ माघ ५ आइतबार १०:४०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सभामुख चयनका लागि बालुवाटारमा बैठक जारी

Read Time : < 1 मिनेट
सुरञ्जन घिमिरे  काठमाडौं
२०७६ माघ ५ आइतबार १०:४०:००

तीन महिनादेखि रिक्त सभामुख पद चयनका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुवै अध्यक्षबीच छलफल सुरु भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान नौ बजेबाट छलफल सुरू भएको हो ।

सभामुख चयनका विषयमा बिहीबार बिहानबाटै चरणवद्ध रुपमा दुवै अध्यक्षबीच निरन्तर छलफल चलिरहे पनि हालसम्म निष्कर्ष निस्कन सकेको छैन ।  आज बसेको बैठकले प्रतिनिधि सभा सभामुखको टुंगो  लगाउने सम्भावना रहेको पार्टीका शीर्ष नेताहरूको भनाइ छ ।

सभामुख चयन गर्न नेकपाले ढिलाइ गरेपछि प्रतिनिधिसभाको हिउँदे अधिवेशन सूचना टाँसेर पटक पटक स्थगित हुँदै आएको छ । प्रतिनिधिसभाको अर्को बैठक ६ माघ (सोमबार)लाई बोलाइएको छ । 

दुवै अध्यक्षबीच आज भएको छलफलले बेलुकासम्म पनि सभामुखबारे टुंगो  नलगाए सोमबारको संसद बैठक पनि स्थगित हुने अवस्था रहेको छ । ‘आजको छलफलमा सभामुख टुंगो लगाउन दुवै अध्यक्षहरू सकारात्मक देखिनु भएको बुझिन्छ,’ प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले नयाँ पत्रिकासँग भने । छलफलमा ओलीले सभामुख पदका लागि दलका उपनेतासमेत रहेका सुवासचन्द्र नेम्वाङ र प्रचण्डले अग्नि सापकोटालाई अघि सारेको बालुवाटार स्रोत बताउँछ ।