मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
न्युयोर्क
२०७६ माघ ५ आइतबार १०:०४:००
Read Time : < 1 मिनेट
विश्व

अमेरिकामा गोली चल्यो

Read Time : < 1 मिनेट
न्युयोर्क
२०७६ माघ ५ आइतबार १०:०४:००

अमेरिकामा भएको पछिल्लो गोलीकाण्डमा कम्तीमा चारजनाको मृत्यु भएको छ ।

उताह राज्यको साल्ट लेक सिटीको ग्रान्ट्सभिल्ले भन्ने ठाउँमा शुक्रबार राति दुई समूहबीच विवाद हुँदा गोली चलेको थियो ।

गोली लागेर पाँचजना घाइते भएका छन् । आक्रमणकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकिएको प्रहरीले जनाएको छ । 

आक्रमणबारे प्रहरीले अनुसन्धान गरिरहेको ग्रान्ट्सभिल्लेका प्रहरी अधिकृत होन्डा फिल्डस्ले जानकारी दिए ।

आक्रमण गर्ने र पीडित एउटै परिवारका भए÷नभएको विषयमा अनुसन्धान भइरहेको छ ।