मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सुभा
२०७६ माघ ५ आइतबार १०:०१:००
Read Time : < 1 मिनेट
विश्व

आँधीले तीन हजार विस्थापित

Read Time : < 1 मिनेट
सुभा
२०७६ माघ ५ आइतबार १०:०१:००

फिजीमा आएको सामुद्रिक आँधीका कारण कम्तीमा तीन हजार विस्थापित भएका छन् । ‘तिनो’ नामक शक्तिशाली आँधीका कारण दुईजना बेपत्ता छन् ।

शनिबार तीन चरणमा आँधी आएका फिजीको मौसम विज्ञान विभागले जनाएको छ । आँधीले घर, खेतीपातीसँगैै भौतिक संरचनामा क्षति पुर्‍याएको छ । 

फिजीको राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयले विस्थापितका लागि तत्काल तीन हजार एक सय १५ अस्थायी शिविरको आवश्यकता रहेको जनाएको छ ।

‘विस्थापितमध्ये अधिकांशलाई अस्थायी शिविरको आवश्यकता पर्छ, किनकि अहिले अत्यधिक वर्षा भइरहेको छ, थप खतराको चेतावनी पनि दिइएको छ’ कार्यालयका एक कर्मचारीले बताए ।