मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नीराजन रुपाखेती उपाध्यक्ष, भाजुरत्न एजेन्सी
काठमाडाैं
२०७६ माघ ५ आइतबार ०९:०६:००
Read Time : > 2 मिनेट
अन्तर्वार्ता

सानी नेपालमा पनि प्रख्यात बन्दै छ : नीराजन रुपाखेती

Read Time : > 2 मिनेट
काठमाडाैं
२०७६ माघ ५ आइतबार ०९:०६:००

नेपालमा सन् २०१५ को अन्तिमतिर भित्रिएको सानी ब्रान्डका निर्माण मेसिनहरूले छोटो समयमा निकै चर्चा बटुलिसकेको छ । नेपालमा बिक्री–वितरणको जिम्मा पाएको भाजुरत्न एजेन्सीमा यस ब्रान्डका ‘ब्याक हो लोडर’ बाहेक सबै प्रकारका निर्माण मेसिन उपलब्ध छन् । नेपालमा सानीको बजार, सेवा र भविष्यका योजनालगायत विषयमा केन्द्रित भई भाजुरत्न एजेन्सीका उपाध्यक्ष नीराजन रुपाखेतीसँग गरिएको सक्षिप्त कुराकानी :

यो ब्रान्ड कस्तो हो ? नेपाली बजारमा यसको कस्तो अवस्था छ ?
छोटो समयमै संसारभर फैलिन सफल भएको ब्रान्ड हो, सानी । यो निर्माण क्षेत्रमा आवश्यक उपकरण उत्पादन गर्ने कम्पनी हो । सानीका स्काभेटर, डोजर, मोर्टर ग्रेडर, रोलर, क्रेन, मिक्सर, पम्पलगायत उत्पादन छन् । संसारकै अग्लो टावर ‘बुर्ज खालिफा’ पनि यसकै उत्पादनको सहयोगमार्फत निर्माण भएको हो । त्यसैले स्थापना भएको ३ दशकमै अमेरिका, ब्राजिल, जर्मनी, भारत र चीनका विभिन्न देशमा पुग्न सफल भइसकेको छ । यो कम्पनी संसारभरका उत्कृष्ट तीनमध्ये पर्न सफल छ । नेपालमा सन् २०१५ को अन्तिमतिर मात्र भित्रिएको कम्पनी हो । नेपालमा पनि उत्साहजनक परिणाम देखिइरहेको छ । 

यहाँको व्यापार कस्तो छ ? 
पछिल्ला ४ वर्षमा ५ सयभन्दा धेरै स्काभेटर बिक्री भइसकेका छन् । त्यस्तै, १० भन्दा धेरै ‘पाइलिङ रिंग’ बिक्री गरिसकेका छौँ । यसैगरी, मोर्टर ग्रेडर, रोलर, क्रेन, मिक्सर, पम्पलगायत निर्माण मेसिन धेरै बिक्री भइसकेका छन् । हाम्रो मुख्य उद्देश्य भनेको नाफामूलक व्यापार गर्नुभन्दा पनि ग्राहकलाई उचित मूल्यमा अधिकतम उपयोगी मेसिन उपलब्ध गराउनु हो । यसकारण छोटो समयमै हामी ग्राहकहरूको रोजाइमा पर्न सफल भएका छौँ । बिक्रीपछिको सेवालाई उच्च प्राथमिकता दिएका छौँ । सर्भिसिङलाई पनि सहज बनाएका छाैँ । 

यसको कहाँ–कहाँ सेवा छ ? 
मुलुकका प्रमुख सहरमा सेवा उपलब्ध गराएका छौँ । काठमाडाैंसहित पोखरा, इटहरी, बुटवललगायत सहरमा शाखा छन् । चाँडै नेपालगन्ज, हेटाैँडा र जनकपुरमा पनि सेवा पुर्‍याउने योजनामा छौँ । शाखा विस्तारलाई पनि प्राथमिकतामा राखेका छौँ ।

के विशेषताले उपभोक्ताको मन जितिरहेको छ ? 
मुख्य विषय यसमा प्रयोग भएको ‘कम्पोनेन्ट’ नै हो । यस ब्रान्डका उत्पादनमा प्रयोग भएका कम्पोनेन्टले संसारभर नै ख्याति कमाएका छन् । उदाहरणका लागि काओसाकी, इन्जिनमा मित्सुबिसी, इसुजुजस्ता विश्वभर नाम चलेका ब्रान्डका पार्टस ‘सानी’ ब्रान्डमा प्रयोग भएका छन् । हाम्रा मेसिनमा धेरै मर्मत गरिरहनुपर्ने झन्झट हुँदैन । त्यसले पनि आकर्षण बढ्दो छ । न्यून फ्युल खपत पनि अर्को महत्वपूर्ण विशेषता हो । हामी नेपालमा यो क्षेत्रका लागि ‘कान्छो’ हौँ । तर, हामीसँग जोडिन आएका ग्राहकको आवश्यतालाई पूरा गरिरहेका छौँ र अन्त जान दिएका छैनौँ । साथै सधैँभरि अटुट सेवा दिन तयार छौँ । 

लक्षित उपभोक्ता को हुन्, किन ?
सानी निर्माण मेसिनको कम्पनी हो । यसकारण निर्माण क्षेत्रमा आबद्ध सबै जना हाम्रा लक्षित उपभोक्ता हुन् । हामीले उत्पादनको विविधता र मूल्य तथा सेवाको विविधतामार्फत सबैको रोजाइ बनिरहेका छौँ । हामीसँग ‘ब्याक हो लोडर’ बाहेक सम्भवतः सबै उत्पादन उपलब्ध छन् । हामीसँग सडक निर्माणलगायत सबै प्रकारका निर्माण उपकरण छन् । हामीले सबै ठाउँमा उपलब्ध हुने गरी काम गरिरहेका छौँ । सहरी क्षेत्रमा मात्र होइन, गाउँगाउँमा पुग्न चाहेका छौँ । हाम्रा मेसिन ७० जिल्लामा पुगिसकेका छन् । सहरी क्षेत्र त छँदै छ, सबै गाउँमा सेवा पुर्‍याउन आतुर छौँ । 

बिल्ड टेक प्रदर्शनीमा तपाईहरूको प्रस्तुति कस्तो भइरहेको छ ?
सानी ब्रान्डले विश्वव्यापी रूपमै विभिन्न ठाउँमा आयोजना हुने प्रदर्शनीमा भाग लिने गरेको छ । आफूलाई सबैभन्दा अब्बल देखाउनका लागि सहभागी भइरहेकै हुन्छौँ । हामी पनि धेरै जनसमुदायबीच जान चाहन्छौँ । यहाँ पनि ठूलो क्षेत्र लिएका छौँ । एक्जाभेटरमा पनि विभिन्न तहअनुसार फरकफरक काउन्टरको व्यवस्था गरेका छौँ । ठूलो टिम खटाएर अधिकतम सेवा दिने प्रयास गरेका छौँ । जिज्ञाशा लिएर आउनेलाई सन्तुष्ट बनाएर पठाउने गरेका छौँ । 

बजार विस्तारका लागि प्रदर्शनी कत्तिको महत्वपूर्ण छ ?
नेपालमा मेसिनरी प्रदर्शनी गत वर्षदेखि मात्र थालनी भएको हो । त्यसअघि भारत वा अन्य देशमा भएका प्रदर्शनीमा भर पर्नुपर्ने अवस्था थियो । पहिले विदेशी प्रदर्शनीमा भाग लिएर बजारमा कस्ता उत्पादन आइरहेका छन् भन्ने थाहा पाउनुपर्ने अवस्था थियो । अहिले स्वदेशमै नयाँ उत्पादन देख्नि सकिने अवस्था सिर्जना भएको छ । यस्ता प्रदर्शनीले खरिद गर्नै विषय मात्र होइन, खरिद गर्दा थाहा पाउनुपर्ने विषयबारे पनि पैरवी गर्छ ।  त्यस्तै,  कुन मेसिन खरिद गर्दा कस्तो सुविधा छ । वित्तीय सहायता पाइन्छ/पाइँदैन जस्ता विषय पनि थाहा पाउन सकिन्छ । फेरि एउटै छातामुनि विभिन्न कम्पनीका सामानको प्रदर्शनीले तुलनात्मक भिन्नता र आफ्नो आवश्यकता औँल्याउन पनि सहज हुन्छ ।