Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
काठमाडौं
२०७६ माघ ५ आइतबार ०८:१९:००
Read Time : > 1 मिनेट
खेलकुद

साबिक विजेता  एपिएफको सानदार जित

Read Time : > 1 मिनेट
काठमाडौं
२०७६ माघ ५ आइतबार ०८:१९:००

साविक विजेता नेपाल एपिएफ क्लबले शनिबार पाँचौँ राबिबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ सानदार जित निकालेको छ । दरशथ रंगशालाको कभर्डहलमा प्रतियोगिताको दोस्रो दिन एपिएफले जावलाखेल भलिबल सेन्टर (जेभिसी) लाई ३–० को हराउँदै प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको हो । नेपाल भलिबल संघको आयोजनमा सञ्चालन भइरहेको प्रतियोगिताको शनिबारै भएको दोस्रो खेलमा नेपाली सेनाको टिएसीले पनि जित हात पारेको छ । एपिएफ र टिएसीले महत्वपूर्ण तीन अंक बटुल्न सफल भएका छन् । 

अनुभवी खेलाडीले भरिएको एपिएफले जावलाखेलमाथि कुनै पनि सेटमा मौका दिएन । जावलाखेलको डिफेन्स कमजोर हुँदा एपिएफले तीन सेटमै सहज अंक बटुल्यो । एपिएफले पहिलो सेटमा विपक्षीको कमजोरी फाइदा लिँदै २५–४ ले जित्यो । पहिलो सेटको उत्कृष्ट लय दोस्रो सेटसमेत निरन्तरता पाउँदा एपिएफ २५–८ ले विजयी भयो । यता प्रतिस्पर्धामा टिकी रहन जावलाखेललाई तेस्रो सेट जित्नु नै पर्ने थियो । थप सेटमा प्रतिस्पर्धा गर्नु नपर्ने अवस्था सृजना गराउन एपिएफले पनि तेस्रो सेट हात पार्र्नुपर्ने थियो । यसमा एपिएफले बाजी मार्‍यो । एपिएफ २५–८ ले विजयी हुँदै तीन अंक बटुल्यो । 

महिलातर्फकै अर्को खेलमा टिएसीले भरतपुर मेट्रो खेलकुद परिषद (बिएमसी) लाई ३–० सेटले नै पराजित गर्‍यो । टिएसीले बिएमसीबाट दोस्रो सेटमा कडा चुनौति पाएको थियो । विभागीय टोली टिएसीले पहिलो सेट २५–८ ले हात पार्‍यो । पहिलो सेटको गल्ति सच्याएको बिएमसीले दोस्रो सेटमा टिएसीका खेलाडीलाई सहजै अंक बटुल्न अवसर दिएनन् । टिएसी दोस्रो सेटमा अंक बटुल्न सघर्षरत देखियो । तर अनभुवी खेलाडीले भरिएको टिएसीले दोस्रो सेट २५–२० ले कब्जा जमायो । तेस्रो सेटको सुरुवात देखि नै अग्रता लिएको टिएसीले अन्तिमसम्म कायम राख्यो । यता बिएमसीले तेस्रो सेटको बीचमा केही अंक बटुल्दै खेल लम्ब्याएको थियो । तर टिएसीले तेस्रो  २५–१० ले जित्यो । 

यसैगरी पुरुषको पहिलो खेलमा नयाँबजार सामाजिक युवा क्बल (एनवाईसी) ले आरजी भलिबल ग्रुप (आरजीजी) लाई सीधा सेटमा हराएको छ । एनवाईसीले २५–२०, २५–१६, २५–१८ स्कोरका साथ ३ अंक बटुल्न सफल भयो । एनवाईसीको पहिलो जित हो । आरजीजीको दोस्रो हार हो । नेपाल भलिबल संघको आयोजनामा सञ्चालन भइरहेको पुरुषतर्फको दोस्रो खेलमा नेपाल पुलिस क्लबले पार्वती भलिबल क्लब (पिभिसी) बाट वाक ओभर प्राप्त गर्‍यो । प्रतियोगितामा पुरुषतर्फ ११ र महिलातर्फ सात टोलीले प्रतिस्पर्धा गरिरहेका छन्  । १० माघसम्म चल्ने प्रतियोगिताको पुरुष तथा महिला विजेता समान दुई लाख रुपैयाँ पाउने छन् ।

यसैगरी उपविजेताले एक लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ हात पार्ने संघले जनाएको छ । यसैगरी महिला र पुरुषतर्फका उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ पाउने छन् । उत्कृष्ट स्पाइकर, लिब्रो, सरभर, बल्कर, लिफटर तथा प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिता अन्तर्गत आइतबार पुरुषतर्फ पिभिसीले मनिमुकुन्द भलिबल क्लबको सामना गर्नेछ । पुरुषतर्फको अर्को खेलमा नेपाल स्पोर्ट्स क्लबले बुद्ध टोल युवाको सामना गर्ने आयोजकले जनाएकोछ ।