मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
लहान
२०७६ माघ ५ आइतबार ०७:२८:००
Read Time : < 1 मिनेट
समाचार

ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु

Read Time : < 1 मिनेट
लहान
२०७६ माघ ५ आइतबार ०७:२८:००

सिरहाको गोलबजार नगरपालिका–७ मा शनिबार दिउँसो ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा अरू पाँचजना घाइते भएका छन् ।

सिरहाको धनगढीमाई नगरपालिकाबाट कर्जन्हा नगरपालिकाका लागि जन्ती जाँदै गरेको स.१त ६५६० नम्बरको डिजे साउन्ड र जेनरेटर बोकेको ट्र्याक्टरको ट्रली पल्टिँदा लहान नगरपालिका–१३ का २२ वर्षीय सन्तोषकुमार यादव र धनगढीमाई–१२ का २० वर्षीय श्रीप्रसाद मण्डलको मृत्यु भएको दुर्घटना भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए । 

तीव्र गतिमा रहको ट्र्याक्टरले बाटो काट्दै गरेको बाख्रालाई जोगाउन खोज्दा दुर्घटना भएको हो । घाइते पाँचजनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।