मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ४ शनिबार १७:४४:००
Read Time : < 1 मिनेट
विश्व

चितुवाले हरिणको बच्चालाई एक घण्टा खेलायो, भाग्न लागेपछि मार्‍यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ४ शनिबार १७:४४:००

दक्षिण अफ्रिकाको पूर्वोत्तरमा रहेको 'क्रुगर नेशनल पार्क'मा २६ वर्षदेखि 'वाइल्ड लाइफ' फोटोग्राफी गर्दै आएका रेञ्जर रेनार्ड मुलमैनले भाले चितुवाको व्यवहार क्यामेरामा कैद गरेका छन् । चितुवाले हरिणको बच्चा मार्नु पहिले गरेको व्यवहार उनले क्यामेरामा कैद गरेका हुन् । 

चितुवाले हरिणलाई यस्तो व्यवहार गरे, जुन आमाले बच्चालाई गर्छ । यो क्रम करिब एक घण्टासम्म चलिरह्यो । सुरूमा दुवै एक आपसमा खेले । भाग्न लागे त्यसपछि भने चितुवाले हरिणको बच्चालाई मारेको समाचारमा जनाइएको छ ।

सार्वजनिक तस्विरमा चितुवाले हरिणको बच्चालाई मुखमा चुमेको देखिन्छ । फोटोग्राफर मुलमैनका अनुसार उनीहरूको खेल हेर्न लायक भए पनि मर्ने बेलामा हरिणको बच्चाले निकालेको आवाज सुनेर हृदय दुख्ने खालको थियो । उनले थपे, 'जब बच्चा हरिण चितुवासँग खेल्दै थियो, अर्को वयस्क हरिण नजिकै बसेर जोडले कराइरहेको थिए । मानौँ उसले खतराको संकेत गरिरहेको छ ।' एजेन्सी