Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नवीन लोचनमगर रोल्पा
२०७६ माघ ४ शनिबार १७:२६:००
Read Time : < 1 मिनेट
खेलकुद

सागका स्वर्ण विजेता सम्मानित

Read Time : < 1 मिनेट
नवीन लोचनमगर रोल्पा
२०७६ माघ ४ शनिबार १७:२६:००

१४औँ दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्णपदक जितेका रोल्पाका दुई खेलाडी सम्मानित भएका छन् ।

माघे संक्रान्तिको अवसरमा माडीचौरमा आयोजित माघे मेला तथा खेलकुद महोत्सवमा उसुमा स्वर्ण जित्ने निमा घर्तीमगर र बक्सिङमा स्वर्ण जित्ने भूपेन्द्र थापामगरलाई नगदसहित सम्मान गरिएको हो ।

रोल्पा नगरपालिका–७ माडीचौरकी निमा घर्तीमगर र परिवर्तन गाउँपालिका–३ थुनिकोटका भूपेन्द्र थापामगरलाई महोत्सव आयोजकले जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो ।

महोत्सवमा प्रथम आईएमई लोकस्टार शनि बिश्वकर्मा पनि ५० हजार नगदसहित सम्मानित भएका छन् । बिश्वकर्मा रोल्पा नगरपालिका–८ जंकोटका हुन् । ऊर्जामन्त्री वर्षमान पुनले उनीहरूलाई सम्मान गरेका थिए ।