मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ माघ ४ शनिबार १२:३९:००
Read Time : < 1 मिनेट
समाचार

महिनावारी भएकाे बेला आफ्नो घरको बाटो हिँडेको भन्दै दुई महिलामाथि कुटपिट

Read Time : < 1 मिनेट
२०७६ माघ ४ शनिबार १२:३९:००

सरकारले महिला हिंसा र महिला माथि हुने विभेद अन्त्य गर्न छाउगोठ भत्काउने अभियान सुरु गरिरहेका बेला कञ्चनपुरमा भने महिनाबारी भएको बेला आफ्नो घरको बाटो हिँडेको भन्दै महिलालाई कुटपिट गरिएको छ । 
महिनावारी भएको समयमा आफ्नो घरको बाटो हिँडेको निहुमा कञ्चनपुर बेलडाँडीका एक पुरुषले दुई महिलालाई कुटपिट गरेका हुन् । 

बेलडाँडी गाउँपालिका–१ टाईगरबस्तीका दलबहादुर शाहले शुक्रबार छिमेकी गीता खड्का र ईश्वरी खडकालाई कुटपिट गरेका हुन् । 

पीडित खड्का परिवारले महिनावारी भएका् बेला आफ्नो घरको बाटो हिँडेर भैंसीले दुध दिन छाडेको आरोपमा देउरानी–जेठानीलाई कुटपिट गरेको जनाएको छ । कुटपिटबाट घाइते भएका गीता र ईश्वरीको धनगढीस्थित नोभा अस्पतालमा उपचार भइरहेको छ । 

‘हिजोसम्म देउरानीलाई महिनावारी भएको पाँच दिन भइसकेको थियो, ‘इश्वरीले भनिन्, ‘महिनावारी पछिपनि छिमेकी दलबहादुर शाहले हामीदुवै जनालाई कुटपिट ग¥यो ।’ दलबहादुरको जमिनमा बस्दै आएका खड्का र शाह परिवारको घर जाँदा हिँड्ने बाटो एकै छ । खड्का परिवार आरक्षपीडित हुन् । 

कुटपिट गर्ने शाहलाई इलाका प्रहरी कार्यालय बेलडाँडीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेकोप्रहरीले जनाएको छ । तर, घटनाको चौतर्फि बिरोध भईरहेको छ । स्थानीय, छिमेकी र महिला अधिकारकर्मीले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कारबाहीको माग अघि सारेका छन् । 

अधिकारकर्मी माया नेगीले सरकारले छाउपडी प्रथा उन्मुलनका लागि देशव्यापी अभियान सञ्चालनकै बेला कञ्चनपुरमा घटेको घटनाले अझैपनि पुरातन सोच विचार भएका केही व्यक्तिका कारण सरकारको अभियान निरर्थन बनाउने षड्यन्त्र भइरहेको बताइन् । 

नेगीले घटनाको सत्यतथ्य छानिबन गरेर पीडित महिलाको उपचार र न्यायका लागि कुनैपनि कसर बाँकी राख्न नहुने माग गरिन् । घटनामा चलखेल गरे त्यस बिरुद्ध आन्दोलन छेड्ने समेत महिला अधिकारकर्मीको चेतावनी छ ।