१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ माघ ४ शनिबार १०:५९:००
Read Time : < 1 मिनेट
खेलकुद

आर्मी र एपिएफको विजयी सुरुवात

Read Time : < 1 मिनेट
२०७६ माघ ४ शनिबार १०:५९:००

विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपिएफले पाँचौँ एनभिए राष्ट्रिय क्लब भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फ जित निकालेका छन् । आर्मीले शुक्रबार भएको उद्घाटन खेलमा आरजी भलिबल ग्रुपलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आर्मीले आरजीविरुद्ध २५–९, २५–१६ र २५–९ को सेटमा जित निकालेको हो । तुलनात्मक रूपमा कम अनुभवी खेलाडी लिएर मैदानमा उत्रिएको आरजीले आर्मीविरुद्ध दोस्रो सेटको खेलमा केही सुधारिएको प्रदर्शन गरेको थियो ।  त्यसको तुलनामा पहिलो र तेस्रो सेटमा आरजीको प्रदर्शन निकै कमजोर देखियो । 

यो जितसँगै आर्मीले समूह एकमा महत्वपूर्ण तीन अंक बटुलेको छ । यस्तै, एपिएफले बुलबुले रारा क्लबलाई ३–१ को सेटमा पराजित गर्‍यो । पहिलो सेटको खेल गुमाएको एपिएफले त्यसपछिका तीन सेटमा लगातार जित हात पारेको हो । एपिएफ खेलको पहिलो सेटमा २३–२५ ले पराजित भएको थियो । त्यसपछिका तीन सेट २५–१३, २५–२० र २५–१८ ले जित्दै एपिएफले प्रतियोगिताको पहिलो खेलमा सुखद सुरुवात गरेको हो । 

प्रतियोगिताअन्तर्गत महिलातर्फ न्यु डायमन्डले विजयी सुरुवात गरेको छ । न्यु डायमन्डले विभागीय टोली नेपाल पुलिससँग ३–२ को कठिन सेटमा जित हात पारेको हो । न्यु डायमन्ड पहिलो सेटको खेलमा १७–२५ ले पराजित भएको थियो । दोस्रो सेटको खेल न्यु डायमन्डले २५–१८ ले जित्यो । तेस्रो सेट २५–२३ ले फेरि पुलिसले जित्यो । चौथो सेट २५–१८ ले जित्दै न्यु डायमन्डले खेल २–२ सेटको बराबरीमा ल्यायो । पाँचौँ तथा निर्णायक सेट १५–११ ले आफ्नो पक्षमा पार्दै न्यु डायमन्डले खेलमा आफ्नो जित निश्चित गरेको हो ।