मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ माघ ४ शनिबार १०:२०:००
Read Time : < 1 मिनेट
सप्तरंग

अजयको १००औँ  फिल्म सय करोडमा

Read Time : < 1 मिनेट
२०७६ माघ ४ शनिबार १०:२०:००

अजय देवगनको १००औँ फिल्म ‘तान्हाजी: द अनसङ वारियर’ले सय करोड पार गरेको छ । यो फिल्मले उत्कृष्ट सुरुआत गरेको थियो । पहिलो दिन गत शुक्रबार १४ करोड ५० लाख भारतीय रुपैयाँ कमाएको ‘तान्हाजी’ले दोस्रो दिन गत शनिबार झन् बढाएर १९ करोड ७५ लाख कलेक्सन गरेको थियो ।

बक्स अफिस इन्डियाका अनुसार, यसले पहिलो सप्ताहमा एक सय १६ करोड भारतीय रुपैयाँ कमाएको छ । यसमा अजयसँगै काजोल, सैफ अलि खान, शरद केल्कर र नेहा शर्माको अभियन रहेको छ । यसलाई ओम रावतले निर्देशन गरेका हुन् ।