मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ माघ ४ शनिबार ०९:४५:००
Read Time : < 1 मिनेट
प्रदेश

चार जिल्लाका क्रसर उद्योगी आन्दोलित 

Read Time : < 1 मिनेट
२०७६ माघ ४ शनिबार ०९:४५:००

प्रदेश सरकारले मापदण्डविपरीत सञ्चालित क्रसर बन्द गराएपछि धनुषासहित चार जिल्लाका क्रसर तथा बालुवा प्रशोधन उद्योगी आन्दोलित भएका छन् । प्रदेश सरकारले कानुनविपरीत आफूहरूको कारोबार रोक लगाएको भन्दै धनुषा, महोत्तरी, सिराहा र सर्लाहीका क्रसर उद्योगीले शुक्रबार आन्दोलन घोषणा गरेका हुन् । शुक्रबार उनीहरूले प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउँदै तत्काल निर्णय सच्याउन भनेका छन् ।

गत २५ पुसमा अवैध रूपमा गिट्टी र बालुवा उत्खननको विरोध गर्ने धनुषा मिथिला नगरपालिका ५ का २४ वर्षीय दिलीपकुमार महतोको हत्या गरिएपछि प्रदेश सरकारले मापदण्डविपरीत चलेका क्रसर बन्द गर्न निर्देशन दिएको थियो । 

उद्योगीहरूले प्रदेश सरकारको निर्णयबाट अर्बौैं रुपैयाँको लगानीबाट सञ्चालित व्यवसाय नै संकटमा पर्ने भन्दै त्यसको विरोध गरेका छन् । कानुनबमोजिम सरकारबाट इजाजत लिई उद्योग सञ्चालन गरेको तथा सरकारलाई सम्पूर्ण कर तिरिरहेको दाबी गर्दै उनीहरूले एउटा घटनालाई नजिर बनाएर प्रदेश सरकार पूर्वाग्रही भएको आरोप लगाएका छन् ।

‘दिलीप हत्याको घटनामा छानबिन गरी दोषीलाई कारबाही गर्न प्रहरी प्रशासनलाई हामी व्यवसायीको पूर्ण समर्थन छ,’ क्रसर उद्योग सञ्चालक समिति जनकपुरले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘तर, अन्यत्रका क्रसर उद्योग पूर्ववत् सञ्चालन भइरहेका वेला प्रदेश २ सरकारले हामीमाथि पूर्वाग्रही व्यवहार देखाएको छ ।’