मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ माघ ३ शुक्रबार १४:५४:००
Read Time : < 1 मिनेट
अर्थ

बिस्तार हुँदै जनकपुर–जयनगर रेलमार्ग 

Read Time : < 1 मिनेट
२०७६ माघ ३ शुक्रबार १४:५४:००

रेल विभागले जनकपुर–जयनगर रेल महोत्तरीको बिजलपुरासम्म बिस्तार गर्ने कार्यलाई तिव्रता दिएको छ । भारतको जयनगरदेखि नेपालको कुर्थासम्म बिछ्याइएको रेलको लिकलाई बिजलपुरा हुँदै बर्दिबाससम्म विस्तार गर्ने पूर्वयोजना अनुरूप निर्माण कार्य थालिएको विभागले जनाएको छ । 

विभागका महानिर्देशक बलराम मिश्रका अनुसार कुर्थादेखि बिजलपुरासम्म १७ किलोमिटरमा लिक बिछ्याउने काम यसै साताबाट सुरू भएको छ । पहिलो चरणमा निर्माण हुन लागेको ५२ किलोमिटरमध्ये कुर्थासम्मको ३४ किलोमिटर ट्र्याक निर्माण कार्य सम्पन्न भएको छ । मिश्रले भने, ‘कुर्थासम्मको ट्र्याकलाई बिस्तार गर्ने क्रममा थप १७ किलोमिटरमा लिक बिछ्याउँदैछौं । पुल र कल्भर्ट निर्माण जस्ता काम सम्पन्न भइसकेकोले लिक बिछ्याउन सुरु गरिएको हो ।’

यो खण्डको निर्माण बढीमा ३ महिनाभित्रमा समाप्त हुने अनुमान छ । तत्पश्चात् परीक्षण सञ्चालन गरी रेल चलाउन मिल्ने मिश्रले बताए । 
कुर्थासम्म ८ वटा र त्यसभन्दा वर पिपराही, लोहारपट्टी, सिंगियाही सहित बिजलपुरामा गरी यो खण्डमा ४ वटा स्टेशन रहनेछन् । बिजलपुरादेखि बर्दिबास खण्डमा मुआब्जाको समस्या रहेकाले विभाग सुल्झाउने क्रममा छ ।