१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
चितवन
२०७६ माघ ३ शुक्रबार ११:२४:००
Read Time : < 1 मिनेट
समाचार

नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो, सडक एकतर्फी सञ्चालन

Read Time : < 1 मिनेट
चितवन
२०७६ माघ ३ शुक्रबार ११:२४:००

नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ । बिहीबारदेखि परेको वर्षाले इच्छाकामना गाउँपालिका–६ चारकीलोमा शुक्रबार बिहान  पहिरो खसेको हो । 

पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली परिचालन गरिएको छ । वर्षाले पहिरो पन्छाउने काम शुरु गर्न नसकिएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । रासस