मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
काठमाडौं
२०७६ माघ ३ शुक्रबार ०८:०३:००
Read Time : < 1 मिनेट
राजनीति

 ओली–प्रचण्डबीच  सभामुख चयनमा छलफल

Read Time : < 1 मिनेट
काठमाडौं
२०७६ माघ ३ शुक्रबार ०८:०३:००

 संसद्को गतिरोध लम्बिएपछि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुख उम्मेदवार चयनमा देखिएको गाँठो फुकाउने विकल्पमा सघन छलफल सुरु गरेका छन् । उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले पार्टी निर्णयलाई चुनौती दिँदै राजीनामा दिन अस्वीकार गरेपछि तीन दिनदेखि रोकिएको संवादलाई निरन्तरता दिँदै ओली–प्रचण्डले बिहीबार सभामुख चयनका विभिन्न विकल्पमा छलफल गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच करिब दुई घन्टा भएको ‘वान अन वान’ छलफलमा सभामुखको उम्मेदवार चयनका विभिन्न विकल्प र उपसभामुखलाई राजीनामा दिन लगाउने पार्टी निर्णय कार्यान्वयन चर्चा भएको जनाएको छ । ‘अध्यक्षले छलफल सकारात्मक दिशामा अघि बढेको र छिट्टै निष्कर्षमा पुग्न सकिने बताउनुभएको छ,’ दुई अध्यक्षको छलफलपछि प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले नयाँ पत्रिकासँग भने ।

२६ पुसमा नेकपाको सचिवालय बैठकले सभामुखमा उम्मेदवारी दिनका लागि उपसभामुख डा। तुम्बाहाङ्फेलाई राजीनामा दिन लगाउने निर्णय गरेको थियो । तर, उनले सभामुखको उम्मेदवार चयन गर्नुपर्ने अडान राख्दै आएकी छन् ।