१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मिलान
२०७६ माघ ३ शुक्रबार ०८:१९:००
Read Time : < 1 मिनेट
खेलकुद

युभेन्टस  क्वार्टरफाइनलमा

Read Time : < 1 मिनेट
मिलान
२०७६ माघ ३ शुक्रबार ०८:१९:००

अर्जेन्टिनी खेलाडी पाउलो डिबालाले दुई गोल गरेपछि युभेन्टस कोपा इटालिया कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । युभेन्टसले उडिनेसमाथि ४–० को जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । यसैगरी, पाँचपटकको विजेता एसी मिलानले स्पाललाई ३–० ले हरायो ।

अर्को खेलमा फ्लोरिन्टनाले एट्लान्टामाथि २–१ को कठिन जित निकाल्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको छ । उडिनेसविरुद्धको प्रतिस्पर्धामा युभेन्टसले १६औँ मिनेटमा १–० को अग्रता लिएको थियो ।

अर्जेन्टिनी स्ट्राइकर गोन्जालो हिगुइनले युभेन्टसलाई अग्रता दिलाएका हुन् । खेलको २६औँ मिनेटमा डिबालाले पेनाल्टीमार्फत गोल गर्दा युभेन्टस २–० ले अघि रह्यो । प्रतिस्पर्धामा युभेन्टसले ६१औँ मिनेटमा पनि पेनाल्टी पायो ।

उडिनेसका ब्रामले ह्यान्ड गरेपछि डग्लस कोस्टाले पेनाल्टीमा गोल गरेका थिए । खेलको ५७औँ मिनेटमा डिबालाले व्यक्तिगत दोस्रो गोल गरे ।