१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
महोत्तरी
२०७६ माघ ३ शुक्रबार ०७:५२:००
Read Time : < 1 मिनेट
समाचार

सीमा क्षेत्रमा भारु सटही काउन्टर नहुँदा समस्या

Read Time : < 1 मिनेट
महोत्तरी
२०७६ माघ ३ शुक्रबार ०७:५२:००

भारु सटही काउन्टर नहुँदा महोत्तरीको सीमा क्षेत्रका नागरिकले सास्ती पाउँदै आएका छन् । बैंकहरूले भारु सटहीको सुविधा नदिँदा सर्वसाधारण दलालबाट ठगिनुपर्ने अवस्था छ । जलेश्वरको भन्सार नाकामै दर्जनौँ व्यक्ति भारु सटही गर्ने भन्दै बसेका छन् । उनीहरूले भारु सटही गर्दा सयकडा २ देखि १० रुपैयाँसम्म असुल्ने गरेका छन् । 

अवैध रूपमा चर्को शुल्क लिएर बिचौलियाहरूले भारु सटही गरिरहँदा प्रहरी प्रशासन भने मूकदर्शक बन्ने गरेको छ । केही दिनअघि मात्रै प्रहरीले मनरा सिस्वा नगरपालिका ४ का सञ्जयकुमार महतोलाई सात लाख ९७ हजार भारुसहित पक्राउ गरेको थियो । 

सीमा क्षेत्रका नागरिकलाई दैनिक उपभोग्य सामग्री खरिददेखि औषधि उपचारका लागि भारततिर जानुपर्ने बाध्यता छ । केही दिनअघि अर्थमन्त्री युवराज खतिवडा जलेश्वर आउँदा भारु सटहीको व्यवस्था गर्न माग गरिएको जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रले बताए ।