१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ माघ ३ शुक्रबार ०६:२५:००
Read Time : < 1 मिनेट
प्रवास

अबुधाबीमा बस दुर्घटना, एक नेपालीको मृत्यु

Read Time : < 1 मिनेट
२०७६ माघ ३ शुक्रबार ०६:२५:००

अबुधाबीमा बिहीबार भएको बस दुर्घटनामा कम्तीमा एक नेपाली महिलाको मृत्यु भएको छ । दुर्घटनामा ६ जनाको मृत्यु भए पनि सबैको पहिचान खुल्न बाँकी छ । नेपाली दूतावास अबुधाबीका श्रम काउन्सिलर भेषबहादुर कार्कीका अनुसार बस दुर्घटनामा परेर झापा घर भएकी कृष्णकुमारी अधिकारीको मृत्यु भएको हो ।

कार्कीका अनुसार २५ जना यात्रु रहेको बसमा १७ जना नेपाली सवार थिए । दुर्घटनापछि घाइतेको अबुधाबीमा रहेका विभिन्न तीनवटा अस्पतालमा उपचार भइरहेको छ । उनीहरूमध्ये तीनजना कोमामा छन् । उनीहरूको अवस्था चिन्ताजनक रहेको छ भने अन्य १३ जना नेपाली खतरामुक्त छन् । 

घटनाको सूचना पाएपछि युएईस्थित नेपाली राजदूत कृष्णप्रसाद ढकाल, प्रथम सचिव रीता धमला, श्रम काउन्सिलर कार्कीलगायतले तीनवटै अस्पताल पुगेर नेपालीको अवस्थाबारे जानकारी लिएका थिए ।

दुर्घटनामा कम्तीमा ६ जनाको मृत्यु भएको जानकारी आए पनि अन्य मृतक कुन देशका हुन् भन्ने खुल्न बाँकी रहेको दूतावाले जनाएको छ । अहिलेसम्म एकजना नेपालीको मात्र मृत्यु भएको पुष्टि भएको दूतावासले जनाएको छ । स्थानीय समयअनुसार बिहीबार बिहान साढे ५ बजे आबुधाबीको अल रहा भन्ने स्थानमा बस दुर्घटनामा परेको हो । युएईमा रहेको एमबिएम क्लिनिङ कम्पनीमा कार्यरत नेपाली मजदुर बसमा सवार थिए ।