१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ माघ २ बिहीबार १८:५०:००
Read Time : < 1 मिनेट
समाचार

आगलागी पीडितलाई राहत प्रदान

Read Time : < 1 मिनेट
२०७६ माघ २ बिहीबार १८:५०:००

प्युठानमा आगलागी पीडितलाई राहत प्रदान गरिएको छ । जिल्लाको प्युठान नगरपालिका–५ जुम्रीकाढा डाँफेका टेकबहादुर घर्तीको परिवारलाई राहत प्रदान गरिएको हो ।

गत २६ पुसको बेलुकी भएको आगलागीमा परेर घर्तीको घर नष्ट भएको थियो । घर्तीको परिवारलाई नगरप्रमुख अर्जुनकुमार कक्षपती, वडा नम्बर ४ का वडाअध्यक्ष लक्ष्मीप्रकाश राजभण्डारी, फूलबारी एकीकृत ग्रामीण विकास संस्था खैरा गोल परियोजना फिल्ड संयोजक मोहन सुवेदीलगायतको उपस्थितिमा राहत प्रदान गरिएको हो ।

घर्तीको परिवारलाई नगरपालिकाले २५ हजार रुपैयाँ, जिल्ला प्रशासन कार्यालयले सात हजार, नेपाल रेडक्रस सोसाइटी प्युठानले २५ किलो चामलसहित खाद्य पदार्थ, कालिका विकास केन्द्र बिजुवारले चिउरा, दाल, नुन प्रदान गरेको छ । त्यस्तै सत्य साई केन्द्र र उद्योग वाणिज्य संघ प्युठानले पनि खाद्यान्न सहयोग गरेको छ ।