१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ २ बिहीबार १७:०६:००
Read Time : < 1 मिनेट
सप्तरंग

दिपिकाको ‘छपाक’लाई ‘तानाजी’को कडा टक्कर ! 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ २ बिहीबार १७:०६:००

अजय देवगनको ‘तानाजी–द अनसुंग वारियर’ र दिपिका पादुकोण अभिनित ‘छपाक’ एकै दिन (१० जनवरी)बाट रिलिज भएका हुन् । यी दुवै फिल्मले बक्स अफिसमा एक अर्कोलाई कडा टक्कर दिएका छन् । दुवै सिनेमाले रेटिङ पनि राम्रो पाएका छन् ।

अजयको करियरमा सयौँ फिल्म ‘तानाजी–द अनसुङ्ग वारियर’ले सय करोड कमाएको छ । फिल्म रिलिजको छैटौँ दिन सय करोडको व्यापार गरेको छ । यस्तै लक्ष्मी अग्रवालको बायोपिकमा आधारित दिपिकाको फिल्म ‘छपाक’ले पाँचौ दिनमा २३.९२ करोडको व्यापार गरेको छ । जुन बक्स अफिसमा तानाजीको भन्दा औसत कमाइ हो ।

‘तानाजी –द अनसुंग वारियर’ले १५.१० करोडको साथ बक्स अफिसमा दमदार शुरुवात गरेको थियो । यसले दोस्रो दिन २०.५७ र तेस्रो दिन २६.०५ करोड कमाएको तानाजीले विकेन्डमै ६१.७५ करोड कलेक्सन गर्‍यो । चौथो दिन १३.७५ र पाँचौ दिन १५.२८ करोड गरी छैटौँ दिनमा सय करोड पार गरेको छ ।

‘छपाक’ले पहिलो दिन ४.७७ करोड कलेक्सन गरेर शुरुवात गरेको थियो । दोस्रो दिन ६.९० र तेस्रो दिन ७.३५ करोडको व्यापार गर्दै ‘छपाक’ले विकेन्डमा १९.२ करोड बटुल्यो । फिल्म ट्रेड एनालिस्ट तरन आदर्शका अनुसार सोमबार फिल्म छपाकले २.५५ करोडको व्यापार गरेको थियो । ‘छपाक’ले मंगलबार र बुधबारको बक्स अफिसको कलेक्सन २४.५० करोड पुगेको छ ।

अजयको ‘तानाजी’ एक सय २५ करोडको बजेटमा निर्माण भएको हो । रिलिजको पहिलो सातामै सिनेमा लगानीको नजिक पुग्ने देखिएको छ । ४० करोड बजेटमा निर्माण भएको ‘छपाक’लाई लगानी उठाउन दोस्रो साता तय गर्नु पर्ने भएको छ । एजेन्सी