१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ २ बिहीबार १५:५६:००
Read Time : < 1 मिनेट
विश्व

बेलायती राजकुमार ह्यारी र मर्केललाई बर्गर कम्पनीले दियो 'पार्ट टाइम' कामको अफर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ २ बिहीबार १५:५६:००

बेलायती राजपरिवारको वरिष्ठ पद छोडेका राजकुमार ह्यारी र उनकी पत्नी मेगन मर्केललाई अमेरिकाको बर्गर कम्पनी 'मल्टिनेशनल चेन बर्गर किङ्ग'ले 'पार्ट टाइम' कामको अफर दिएको छ । कम्पनीले ट्वीट गर्दै कामकाे अफर दिएपछि सामाजिक सञ्जालमा चर्चा सुरु भएको छ । 

जसमा एक सामाजिक सञ्जाल प्रयोगकर्ताले बर्गर किङ्गको योजना आफैमा खराब रहेको टिप्पणी गरेका छन् भने अर्का प्रयोगकर्ताले बर्गर कम्पनीले धेरैको मन जितेको बताएका छन् ।

ह्यारी र मर्केलले आगामी ८ फेब्रुअरीदेखि शाही विरासत छोड्ने फैसला गरेका छन् । उनीहरुले शाही परिवारको वरिष्ठ सदस्य पद छाडेर आर्थिक रूपमा आत्मनिर्भर बन्ने योजना रहेकाे बताएका थिए । 

ह्यारी महारानी एलिजाबेथ-११ को नाति हुन् । उनी ब्रिटिश राज सिंहासनकाे छैटौँ नम्बरका दावेदार हुन् । ह्यारीले मे २०१८ मा  मर्केलसँग विवाह गरेका थिए । एजेन्सी