मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
काठमाडौं
२०७६ माघ २ बिहीबार ०८:२५:००
Read Time : < 1 मिनेट
खेलकुद

हिमालयन क्रिकेट चार विकेटले विजयी

Read Time : < 1 मिनेट
काठमाडौं
२०७६ माघ २ बिहीबार ०८:२५:००

तेस्रो नेक्सस यू–१६ कप क्रिकेट प्रतियोगितामा बुधबार हिमालयन क्रिकेट एकेडेमीले तिलोत्तमा क्रिकेटलाई चार विकेटले हराएको छ । अर्को खेलमा वेस्टर्न एकेडेमी बुटवलले बालुवाटार क्रिकेट क्लबलाई १४ रनले हरायो । वेस्टर्नले २० ओभरमा तीन विकेट गुमाउँदै १३९ रन बनाएको थियो ।

वेस्टर्नका रञ्जित खड्काले ६७ बलमा एक छक्का र नौ चौकाको मद्दतले ६२ रन बनाएका थिए । वेस्टर्नका लागि प्रकाश गिरीले ३१ र दिप्सन थापाले १९ रन बटुले । बालुवाटारले २० ओभरमा आठ बिकेट गुमाउँदै १२४ रन मात्र जोड्दा वेस्टर्न १४ रनले विजयी भएको हो ।

बालुवाटारका निकेश गुप्ताले ३९ र प्रशान्त पाण्डेले ३१ रन बनाए । अर्को खेलमा तिलोत्तमा १४.४ ओभरमा ८७ रनमा समेटिएको थियो । तिलोत्तमाका ब्याट्सम्यान निश्चल पराजुलीले ३० रन जोडे ।

बलिङमा हिमालयका विक्रम जिसी र जीवन खत्रीले समान तीन विकेट लिएका थिए । हिमालयले १७ ओभरमा ६ विकेट गुमाउँदै ८८ रन बनाएको थियो । हिमालयका लागि रितिकजंग शाहले १८ र सिद्धार्थ शाहले १० रन योगदान दिएका थिए ।