१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
काठमाडौं
२०७६ माघ २ बिहीबार ०७:४६:००
Read Time : < 1 मिनेट
अर्थ

गुडविल फाइनान्सले २५ करोडको ऋणपत्र निष्कासन गर्ने

Read Time : < 1 मिनेट
काठमाडौं
२०७६ माघ २ बिहीबार ०७:४६:००

गुडविल फाइनान्सको साधारणसभाले गत आवको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । मंगलबार बसेको फाइनान्सको २५औँ वार्षिक साधारणसभाले कम्पनीका अध्यक्ष राजाराम जोशीले आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदनसहित लाभांश प्रस्ताव पारित गरेको हो । 

संस्थाले निक्षेपतर्फ गत आवको तुलनामा २७ प्रतिशत वृद्धि गरी ६ अर्ब ८९ करोड ५६ लाख पुर्‍याएको छ । त्यस्तै कर्जातर्फ २६ प्रतिशतले वृद्धि गरी ५ अर्ब ९० करोड ३१ लाख पुर्‍याएको छ ।  

सो अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले २५ करोड रुपैयाँबराबरको डिबेन्चर निष्कासन गर्ने तयारीमा रहेको जानकारी दिए । उनका अनुसार ७ वर्ष अवधि रहेको डिबेन्चरमा १२ प्रतिशत ब्याजदरमा ६/६ महिनामा भुक्तानी हुनेछ । प्रतिडिबेन्चर १ हजारका दरले २ लाख ५० हजार ‘१२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिबेन्चर २०८३’ निष्कासन गरिनेछ । 

साधारणसभाले आगामी ४ वर्षका लागि नयाँ सञ्चालक समितिको गठन गरेको छ । जसअन्तर्गत संस्थापक सेयरधनीहरूका तर्फबाट सुधीरमान मास्के, दिलीपकुमार मुनकर्मी, जेनी जोशी (महिला सञ्चालक) तथा सर्वसाधारण सेयरधनीका तर्फबाट विश्वप्रकाश साखः, पशुपतिभक्त श्रेष्ठ, रमेश मल्ल निर्विरोध निर्वाचित भएका छन् ।