मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
काठमाडौं
२०७६ माघ २ बिहीबार ०७:४२:००
Read Time : < 1 मिनेट
अर्थ

मेगा बैंकद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

Read Time : < 1 मिनेट
काठमाडौं
२०७६ माघ २ बिहीबार ०७:४२:००

मेगा बैंकले उदयपुरमा बालबालिकाहरूलाई न्यानो कपडा वितरण गरेको छ । बैंकले नेपाल सामाजिक विकास तथा जनसशक्तीकरण केन्द्रमार्फत उदयपुरको बेलका नगरपालिकाका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।

बेलकाको सरस्वती आधारभूत विद्यालय एबिसी कोसीटप्पु र बेलका नगरपालिकाकै भालमनटीस्थित सरस्वती आधारभूत विद्यालयका विद्यार्थीलाई सांसद डा. नारायण खड्का र मेगा बैंक प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु न्यौपानेले न्यानो कपडा वितरण गरेका हुन् ।

चिसोका कारण विद्यार्थी विद्यालय जान नसक्ने अवस्थाको अन्त्य होस् भन्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएको मेगा बैंकले जनाएको छ । गत साता मात्रै मेगा बैंकले लुम्बिनी क्षेत्रका मुसहर र नेटुवा बस्तीका १५० भन्दा बढी घरधुरीका लगभग २ सय बालबालिकालाई ब्ल्यांकेट वितरण गरेको थियो ।