Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
काठमाडौं
२०७६ माघ २ बिहीबार ०७:२९:००
Read Time : < 1 मिनेट
अर्थ

मुक्तिनाथ, देवः विकास र राष्ट्र बैंकबीच आरटिजिएस सम्झौता

Read Time : < 1 मिनेट
काठमाडौं
२०७६ माघ २ बिहीबार ०७:२९:००

नेपाल राष्ट्र बैंक र मुक्तिनाथ विकास बैंक तथा देवः विकास बैंकबीच आरटिजिएस प्रणालीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार नेपाल राष्ट्र बैंकका तर्फबाट कार्यकारी निर्देशक बमबहादुर मिश्र, मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल र देवःविकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात् भुक्तानी प्रणालीमा सहजता आउने बैंकले जनाएको छ । मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १ सय ३४ शाखा सञ्चालनमा ल्याएको छ ।