मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
जनकपुरधाम
२०७६ माघ २ बिहीबार ०७:०६:००
Read Time : < 1 मिनेट
अर्थ

प्रदेश सरकार र सुबिसु केबलबीच सम्झौता : बिमित छोरीलाई तीन महिना फ्री इन्टरनेट सेवा

Read Time : < 1 मिनेट
जनकपुरधाम
२०७६ माघ २ बिहीबार ०७:०६:००

प्रदेश २ मा ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बिमा गराउने बालिकाले तीन महिनाको फ्री इन्टरनेट सेवा पाउने भएको छन् ।

जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सुबिसु केबल नेट प्रा.लि. बीच बुधबार भएको सम्झौताअनुसार छोरी शिक्षा बिमा गराउने छोरीहरूले तीन महिनाको फ्री इन्टरनेट सेवा प्राप्त गर्नेछन् ।

प्रदेश २ सरकारले सञ्चालन गरिरहेको ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानलाई सफल बनाउन सुबिसु केबल नेट प्रालिले सो सेवा उपलब्ध गराएको सुबिसुका आयोजना प्रमुख सुवास अधिकारीले बताए । 

प्रदेश २ सरकारको अभियानलाई सफल बनाउन विभिन्न सेवा प्रदायक संघसंस्थाले सहयोग गर्दै आएका छन् । यसैबीच, विभिन्न कारणले बिमा नभएका  १ माघ ०७५ पछि जन्मिएका सबै छोरीलाई शिक्षा बिमा गराउन प्रदेश सरकारले बिहीबारदेखि बिमा सप्ताह कार्यक्रम सञ्चालन गर्दै छ ।