मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ माघ २ बिहीबार ०६:३०:००
Read Time : < 1 मिनेट
समाचार

आश्रमका बालबालिकाको जन्मदर्तामा समस्या

Read Time : < 1 मिनेट
२०७६ माघ २ बिहीबार ०६:३०:००

बेँसीसहर नगरपालिका–७ हाइस्कुल चोकमा रहेको मानवसेवा आश्रमका तीन बालबालिकाको जन्मदर्ता हुन सकेको छैन । बाबुको पहिचान नखुल्दा बालबालिकाको जन्मदर्तामा समस्या भएको  आश्रमकी संयोजक अनिता अधिकारीले बताइन् । आश्रममा दुई बालिका, एक बालक र १२ जना बेसहारा महिला–पुरुष बस्दै आएका छन् । बेसहारामध्ये १० जनाको नागरिकता छैन । 

तीन बालबालिकामध्ये एकजनालाई सोही वडामा रहेको युनिभर्सल एकेडेमीले निःशुल्क पढाइदिएको छ । त्यसका लागि नगरपालिकाले सिफारिस गरिदिएको थियो । ‘आश्रममा आइपुगेका तीन बालबालिकालाई अभिभावकसँग पुनर्मिलन गराइएका छौँ,’ अधिकारीले भनिन् । 

 राज्यले दिने सुविधाबाट वञ्चित
नागरिकता नहुँदा आश्रितहरू राज्यले दिने सेवा–सुविधाबाट वञ्चित हुँदै आएका छन् । आश्रितमध्ये  आठजना महिला छन् । लमजुङका प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले कानुनबमोजिम सनाखत र सिफारिस नहुँदा बालबालिकाको जन्मदर्ता र बेसहाराले नागरिकता पाउन नसकेको बताए । ‘बेसहारालाई आश्रममा पठाउन सिफारिस गर्ने संस्थाले जन्मदर्ता र नागरिकताको लागि पहल गर्नुपर्छ,’ खड्काले भने ।