१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १ बुधबार १९:१२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

जनयुद्धमा १२ हजार मानिस सामन्ती राजाले मारेका हुन् : प्रचण्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १ बुधबार १९:१२:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले १० वर्षे जनयुद्धको क्रममा मारिएका मध्ये ५ हजारको मात्रै आफुले जिम्मा लिने बताएका छन् । 

माघिको अवसरमा काठमाडौंको टुंडिखेलमा आयोजित कार्यक्रम सम्बोधन गर्दै अध्यक्ष दाहालले जनयुद्धको समयमा १७ हजार मानिस मारेर आएको भन्ने गरेर गलत तथ्याङ्क भन्ने गरेको बताउँदै दाहालले १२ हजार मानिस सामन्ती राजाहरुले मारेको बताएका हुन् । 'धेरै साथीहरुले बाहिर पनि भन्ने गर्नुहुन्छ म तथ्याङ्क मात्रै सच्याउन चाहान्छु । तथ्याङ के भने मलाई भन्ने गरिन्छ । मैले १७ हजार मारेर आएको भनेर । साथीहरु आदरणीय जनसमुदायहरु यो सत्य होइन् । सत्य के हो भने, सत्य के हो मलाई भन्न दिनुहोस्, सत्य म भन्छु, सत्य के हो भने हिजोको सामन्ती राजाहरुले १२ हजार मारेका हुन् । मलाई ५ हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु । तर राजाहरुले मारेको १२ हजारको चाँही कुरा नहुने ? हिजो राज्यले मारेका १७ हजार मध्ये १२ हजारको कुरा नहुने, राज्यले मारेको पनि मेरै टाउको हाल्ने गरियो भने यो न्याय हुँदैन्', उनले, 'मैले सधै भन्ने गरेको छु युद्धको जिम्मा म लिन्छु । त्यहाँ भएका राम्रा नराम्रा कामहरुको म जिम्मेवार छु । त्य त्यसबाट कहीँ कतै भाग्ने कुरा हुनै सक्दैन तर नगरेको कामको पनि दोष मलाई थुपार्नु भयो भने ।'

अध्यक्ष दाहालले प्रहरी हिरासतमा रहेका सांसद रेशम चौधरी छिट्टै जेलबाट छुट्ने आश्वासन समेत दिएका छन् । सम्बोधनका क्रममा उनले रेशम मात्रै नभएर जनयुद्धका क्रमका धेरै मान्छेहरु जेलमा रहेको र सबैलाई छोड्न पहल भइरहेको बताए । उनले भने, 'टीकापुर घटनाको सन्दर्भमा साथीहरुले भन्नुभयो झुटा मुद्दा खारेज गर्नुपर्छ भनेर पटक पटक पार्टी र सरकारसँग बहस भइरहेको छ । केही साथीहरु छुटेका छन् । रेशम लगायतका साथीहरु छुट्न बाँकी छन् छुटाइन्छ, हेर्नुहोला केही समयभित्रै यसको परिणाम निस्किन्छ । यो कुरा तपाईहरुलाई भन्न चाहान्छु ।'

उनले थारु मात्रै नभएर पहाडी समुदायका बाहुन क्षेत्रसमेत जेल रहेको बताए । दाहालले मोरङबाट सेनाभित्र विद्रोह गरेर जनमुक्ति गएका व्यक्तिलाई पनि समातेर जेलमा हलिएको बताए । प्रधानमन्त्रीको हैसियत रेशम चौधरीलाई दिल्लीमा भेट्ने पहिलो व्यक्ति आफु भएको बताउँदै उनले दिल्लीमा रेशम चौधरीसँग खुलेर माग राख्न आग्रह गर्ने व्यक्ती आफु भएको बताए । 'तपाईहरुले भनेजस्तो अहिले रेशमको कुरा, रेशमलाई सबैभन्दा पहिले प्रधानमन्त्रीको हैसियतले । म दोस्रो पटक प्रधानमन्त्री हुँदा भारतको दिल्लीमा रेशमसँग खुलेयाम भेटेर के के हो तपाईको कुरा खुलेआम राख्नुहोस् भन्ने पहिलो प्रधानमन्त्री प्रचण्ड थियो भन्ने तपाईहरु नविर्सनुहोला ।'

दाहालले चौधरीलाई सांसदको सपथ खुवाउनका लागि सभामुखदेखि सरकारसम्मलाई आफुले कुरा राखेको बताए ।  । उनले भने, 'नम्बर १ प्रधानमन्त्रीको हैसियतले भेटेको मैले हो । नम्बर २ तपाईले के विर्सिनु पाउनुहुन्न भने डिल्लीबजारको खोरमा गएर रशेम चौधरीलाई खोरभित्र भेट्ने पनि मै हो भन्ने कुरा पनि तपाईहरुले बुझ्नुपर्ने हुन्छ । सभामखु, सरकार र पार्टीलाई भनेर कम्तिमा रेशमलाई सपथ गराउनुपर्छ र उसलाई माननियको दर्जा दिनुपर्छ भनेर निर्णय गराउन मुख्य भूमिका खेल्ने मान्छे म हो भन्ने पनि नविर्सिनुहोला ।'