मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
बिष्णुप्रसाद घिमिरे बुटवल
२०७६ माघ १ बुधबार १९:०८:००
Read Time : < 1 मिनेट
समाचार

मुख्यमन्त्री पोखरेल र चीनका राजदूत भेट

Read Time : < 1 मिनेट
बिष्णुप्रसाद घिमिरे बुटवल
२०७६ माघ १ बुधबार १९:०८:००

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग बुधबार नेपालका लागि चीनका राजदूत होउ यान्छीले भेट गरेकी छिन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा राजदूत यान्छीले माघी पर्वको शुभकामना दिँदै प्रदेश ५ ले आर्थिक विकासमा हासिल गरेको उपलब्धीप्रति बधाइ दिइन् । भेटमा मुख्यमन्त्री पोखरेलले नेपाल र चीनलाई बौद्ध संस्कृतिले जोडेको भन्दै बुद्ध जन्मस्थल लुम्बिनी दुई देशको सम्बन्धको महत्वपूर्र्ण माध्यम रहेको बताए ।

मुख्यमन्त्री पोखरेलले आफू लुम्बिनी र चीनका सम्पदा क्षेत्रको सम्बन्ध अझ जीवन्त बनाउने सोंचमा रहेको भन्दै त्यसका लागि आपसमा सहकार्य र सहयोगको खाँचो रहेको बताए । त्यसैगरी, उनले प्रदेश ५ र सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम भएको बताउँदै सिचुवानले गरेको कृषिको व्यवसायीकरण र औद्योगिक विकासको अनुभव आफ्नो प्रदेशमा काम लाग्ने बताए । सिचुवानका गर्भनरलाई प्रदेश ५ भ्रमणको निमन्त्रणा दिइएको भन्दै उनले त्यसको आवश्यक प्रबन्ध मिलाउन पनि राजदूत यान्छीलाई आग्रह गरे ।

राजदूत यान्छीले नेपालको विकास प्रयासमा चीन सधैँ सहयोगी रहेको भन्दै अहिले नेपाल दु्रत विकासको बाटोमा हिँडेको र त्यो प्रयासमा चिनियाँ साथ रहेको बताइन् । उनले केही महिनाअघि चिनियाँ राष्ट्रपति सि जिङपिङको नेपाल भ्रमण र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणले दुई देशबीचको सम्बन्ध अझ उचाइमा पुगेको बताइन् । लुम्बिनी चिनियाँका लागि एक महत्वपूर्ण स्थल भएको भन्दै राजदूत यान्छीले छेन्दु–भैरहवा सिधा उडानका लागि सहयोग र अभिप्रेरित गर्ने बताइन् । मुख्यमन्त्री पोखरेलले लुम्बिनी भ्रमण वर्षको समापन तथा बुद्ध जयन्ती समारोहमा राजदूत यान्छीलाई लुम्बिनी आउन निमन्त्रणासमेत दिएका छन् ।