१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका
२०७५ माघ २ बुधबार ०८:२१:००
Read Time : < 1 मिनेट
साहित्य

अमेरिकाव्यापी गजल उत्सव डालसमा हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २ बुधबार ०८:२१:००

अमेरिकामा रहेका नेपाली सर्जकहरुको समुह‘गजल यात्रा’ ले अमेरिकाव्यापी गजल उत्सव गर्न लागेको छ । नेपाली गजलको उत्थान र नेपाली साहित्यमा बढ्दै गरेको गजलको लोकप्रियता र सम्भावनाहरुलाई आत्मासाथ गर्दै गजल यात्राले केहि समय यता नेपाली भाषी गजल सर्जकहरु समक्ष विभिन्न कार्यक्रमहरु गर्दै आएको छ।

‘गजल यात्रा’ अमेरिकाको टेक्सस स्थित डालस शहरको नजिक बस्ने युवा गजल सर्जकहरुले गरेको एक गजलको गतिशिल अभियान हो, यात्रा हो, आन्दोलन हो। गजल सर्जकहरुको मनोबल र क्षमता बिकासमा महत्वपूर्ण सहयोग पुग्ने उध्येश्यले यस वर्ष पनि गजल यात्राले २०१९, जनवरी २६ र २७मा अमेरिकाव्यापी गजल उत्सव गर्न लागेको हो। गजल उत्सव-२ नाम दिइएको उक्त कार्यक्रम अघिल्लो वर्ष टेक्ससमै भएको गजल उत्सवको निरन्तरता हो। गजल यात्राको यो महाअभियानमा हातमा हात मिलाएको छ अन्तरराष्ट्रिय नेपाली साहित्य समाज डालसले ।

वाधवाधन सहित नेपाली गजलवाचन र गजल गायनको अनुपम संगम रहने कार्यक्रममा अमेरिकाका विभिन्न राज्यहरुबाट गजल सर्जकहरु उल्लेखनिय रुपमा उपस्थित हुने गजल यात्राका संयोजक पवन लामिछानेले बताए ।  कार्यक्रमलाई थप उपलब्धीमुलक बनाउन जनवरी २७ मा अन्तर्कृयात्मक गजल कार्यशालाको आयोजना पनि गरिएको छ, गजल यात्राका प्रमुख अभियन्ता बासु,पुष्पा अधिकारी र नेत्रप्रसाद आचार्यले संयुक्त रुपमा जानकारी गराए । अनेसास डालसका महासचिव सुमन कार्कीले यस कार्यक्रमले डायसपोरामा रहेर पनि नेपाली गजलको निरन्तर साधना गर्ने गजल सर्जकहरुलाई थप प्रोत्साहन मिल्ने बताए । 

कार्यक्रममा सुरेश वाग्ले, गोवद्र्धन पूजा, कृष्ण कुसुम लगायत २३ जनाले गजल वाचन गर्नेछन् भने अन्य चार जनाले गजल गाउने भएका छन् ।