मुख्य समाचार
विप्लवका दुई नेता पक्राउ
Read Time : < 1 मिनेट
२०७६ माघ १ बुधबार १५:५८:००
ललितपुरबाट विप्लव नेतृत्व नेकपाका दुई जना जिल्लास्तरीय नेता पक्राउ परेका छन् । बुधबार दिउँसो ललितपुरका जिल्ला सेक्रेटरी तथा पूर्वइन्चार्ज रमेश डंगोल र युवा संगठन प्रमुख सन्तमान स्याङतान प्रक्राउ परेका हु्न् ।
प्रहरीको टोलीले उनीहरुलाई ललितपुरको तिखिदेवलबाट पक्राउ गरेको हो । चन्दा संकलन, एनसेल टावरमा क्षति पु¥याएको आरोपमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । डंगोल तथा स्याङ्तान दुवै ललितपुर निवासी हुन् ।