मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ १ बुधबार १२:५०:००
Read Time : > 1 मिनेट
अर्थ

६५ लाख राजश्व उठाउन २० लाख खर्च ! 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ १ बुधबार १२:५०:००

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गर्ने बजार अनुगमन पैसा उठाउनमा मात्रै केन्द्रित भएको देखिएको छ । 

चालु आर्थिक वर्षको साउनदेखि २२ पुससम्म कूल ८ सय ८५ बजार अनुगमन गरेको छ । जसमध्ये तीन सय १५ व्यवसायीक फर्म मापदण्ड विपरित कारोबार गरेको भेटिएको छ । मापदण्ड विपरित कारोबार गरेको भेटिएपछि विभागले ती फर्मलाई जरिवाना गरेको छ । 

जरिवानामार्फत् विभागले ६५ लाख १ हजार ५ सय रुपैयाँ संकलन गरेको छ । यसरी संकलन गरिएको रुपैयाँ सरकारले आर्थिक वर्षको बजेटको स्रोतको रुपमा राजश्वमा समावेश गर्ने प्रचलन छ ।

तर, विभागले सो राजश्व संकलन गर्न २० लाख रुपैयाँ खर्च गरेको छ । विभागले बजार अनुगमन गर्न जाने कर्मचारीहरुलाई भत्तास्वरुप सो अवधिमा २० लाख २ सय रुपैयाँ खर्च गरेको हो ।

विभागले सो अवधिमा १ सय ३७ फर्मलाई स्परिष्टकरण सोधेको छ । ३ सय ६५ फर्मलाई सुधारका निम्ति निर्देशन दिइएकोमा १९ वटा फर्मबाट नमुना परीक्षणका लागि लिइएको जानकारी दिएको छ । 

सो अवधिमा मापदण्ड विपरित कारोवार गर्ने ४७ वटा फर्मको कारोवार रोक्का गरिएको छ । २ वटामा अझै अनुसन्धानको प्रक्रियामा रहेको विभागले जानकारी दियो । 

अक्वा हन्ड्रेडलाई जरिवाना
गत आइतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मापदण्ड विपरितको पानी पठाउने अक्वा हन्ड्रेड मिनिरल्स प्रालिलाई सरकारले १ लाख रुपैयाँ जरिवाना गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सो पानीका सम्बन्धमा सोमबार अनुगमन गर्दै १ लाख रुपैयाँ जरिवाना गरेको हो ।

अनुगमनका क्रममा विभागले पानीका अन्य जारमा पनि लेबल नभएको पाइएको थियो । बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड भित्र कारोबार स्थल रहेको उक्त प्रालिले मूल्यसूची समेत राखेको नभेटिएपछि १ लाख रुपैयाँ जरिवाना गरेको हो । लेबल नभएको उक्त पानी पिउन योग्य हो वा होइन परीक्षण गरिने भएको छ । विभागले अक्वा हन्ड्रेडका सञ्चालकलाई उद्योग सञ्चालन सम्बन्धि सम्पूर्ण कागजात लिएर ३ दिन भित्र विभागमा उपस्थित हुन निर्देशन दिएको विभागका अनुगमन अधिकृत दीपक पोखरेलले जानकारी दिए ।