Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
रेश्मा सिंह
२०७६ माघ १ बुधबार ११:३४:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यस्ता छन् नियमित योगका फाइदा

Read Time : < 1 मिनेट
रेश्मा सिंह
२०७६ माघ १ बुधबार ११:३४:००

 डा. आनन्द गैरे
हिमालयन योग तथा 
प्राकृतिक अस्पताल 

स्वस्थ र तन्दुरुस्त रहन गरिने शारीरिक आसन हो, योग । बदलिँदो जीवनशैलीले निम्त्याएका समस्या समाधानमा योग प्रभावकारी हुन्छ । यसले शरीर तथा मस्तिकलाई उर्जावान् बनाउँछ । मानिसको आत्मविश्वास तथा रोगप्रतिरोधी क्षमता बढाउँछ । आफ्नो काममा ध्यान केन्द्रित गर्न र जीवन व्यवस्थित गर्न सहयोग गर्छ,  समग्र व्यक्तित्व विकासमा प्रभावकारी भूमिका खेल्छ ।  नियमित योग गर्दाका फाइदा यस्ता छन् :

  •  रक्तसञ्चारमा सुधार आउँछ ।
  •  शरीरमा अक्सिजनको मात्रा बढ्छ ।
  •  रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ ।
  •  जोर्नीको समस्या कम हुन्छ ।
  •  तनाव हट्छ ।
  •  पूर्ण निद्रा लाग्छ ।
  •  भोक लाग्ने र पाचन प्रणालीमा सुधार आउँछ ।
  •  दिमाग तीक्ष्ण हुन्छ ।
  •  कार्यक्षमता वृद्धि गर्छ । 
  •  श्वासप्रश्वासको गति नियन्त्रण गर्छ ।
  •  एकाग्रता बढ्छ ।
  •  सकारात्मक सोचको विकास हुन्छ ।
  •  जीवनशैलीमा सुधार ल्याउँछ ।
  •  आत्मविश्वास वृद्धि हुन्छ ।

योग कसरी गर्ने ?
सुरुमा योग गर्दा आयुर्वेद चिकित्सक वा प्रशिक्षकसित सल्लाह लिन आवश्यक छ ।  योग सुरु गरेपछि यसलाई निरन्तरता दिनु जरुरी हुन्छ । योगले हामीलाई आफूभित्रै खुसी हुन सिकाउँछ । 

शारीरिक रूपमा अशक्त, गर्भवती, उच्च रक्तचाप, मधुमेह, जोर्नी दुखाइजस्ता दीर्घरोग भएकाले योग गर्दा विशेष ध्यान दिनुपर्छ । त्यस्ता मानिसले शरीर तात्ने गरी योगाभ्यास गर्नुहँुुदैन । यसले मुटुमा प्रेसर पर्न सक्छ ।  तनाव लिएर योग गर्नुहुँदैन । तनावपूर्ण अवस्थामा योगको अभ्यास गर्दा मांसपेशी दुख्ने, टाउको दुख्नेलगायत समस्या आउँछ ।