मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ पौष २९ मंगलबार २०:५६:००
Read Time : > 1 मिनेट
समाचार

जनकपुर जयनगर रेल दुई महिनाभित्र : यातायातमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ पौष २९ मंगलबार २०:५६:००

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्तकुमार नेम्वाङले जनकपुर–जयनगर रेल दुई महिनाभित्रमा सञ्चालनमा आउने बताएका छन् ।

मंगलबार राष्ट्रियसभाको दिगो विकास समिति बैठकमा मन्त्री नेम्वाङले जनकपुर–जयनगर रेल दुई महिनाभित्रमा सञ्चालनमा आउने बताएका हुन् । ट्रयाक र लिक निर्माणको काम सम्पन्न भइसकेको भन्दै उनले भारत सरकारसँग रेल खरिदका लागि अर्डरसमेत भइसकेको बताए । जी–टु–जी माध्यमबाट रेल खरिद उनको भनाइ छ । दुई महिनाभित्रमा जयनगर–जनकपुर ३५ किलोमिटर रेल सञ्चालनमा आउने र त्यसपछि बर्दिबाससम्म विस्तार हुने उनले बतए ।

सरकारले संघअन्तर्गत पर्ने सडकहरूको पुनर्निर्माणका कामहरू गरिरहेको भन्दै मन्त्री नेम्बाङले खाल्डो पुर्ने, कालोपत्रे गर्ने कामहरू भइरहेको बताए । बैठकमा यातायात व्यवस्था विभागका महानिर्देशक इञ्जिनियर गोगनबहादुर हमालले स्थानीय तहभित्र रहेको यातायात व्यवस्थापन गर्ने दायित्व स्थानीय सरकार र प्रदेशभित्रको व्यवस्थापन गर्ने दायित्व प्रदेश सरकारको भएको बताए ।

दुई प्रदेश जोडिएको हकमा, समग्र यातायात व्यवस्थापन सम्बन्धि मापदण्ड नीति बनाउने काम संघीय सरकारले गर्ने गरी जिम्मेवारी तोकिएको महानिर्देशक हमालले बताए । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी, गृहमन्त्रालयसँग पनि छलफल भइ योजनाहरू बनाउने काम सुरु गरिएको उनले बताए ।

सांसद दिनानाथ शर्माले स्थानीय तहका जनप्रतिनिधिहरूले जथाभावी सडक निर्माण गरेर गाडी गुडाउने गरेको भन्दै त्यस्तो कार्य रोक्नुपर्ने बताए । जनताको आवश्यकता भन्दा जनप्रतिनिधिहरूले बिना अध्ययन आफ्नो घरसम्म जाने बाटो निर्माण गरिरहेकोतर्फ सरकारले ध्यान दिनुपर्ने उनको भनाइ थियो । स्थानीयस्तरमा निर्माण हुने सडकको पनि मापदण्ड मन्त्रालयले तोक्नुपर्ने उनको धारणा छ ।

सांसद विमला राई पौडेलले यात्रु ठगिन नदिन चालकले सवारी चालक अनुमतिपत्र यात्रुले देख्ने गरी राख्ने व्यवस्था मिलाउनु पर्ने बताए । समितिमा मंगलबार यातायात व्यवस्थित गर्न दिइएको निर्देशन सडक जोखिम व्यवस्थापन, सडक दुर्घटना र धनजनको क्षति न्यूनीकरण गर्ने आवश्यक कार्ययोजना बनाएर लागू गर्ने/गराउने सम्बन्धि दिइएको निर्देशनको पालना भए/नभएको विषयमा मन्त्री यातायात व्यवस्था विभागका महानिर्देशकसँग छलफल भएको थियो ।