मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ पौष २९ मंगलबार १७:३२:००
Read Time : < 1 मिनेट
समाचार

तीन जिल्लाका सुरक्षा प्रमुखको बैठक सल्यानमा 

Read Time : < 1 मिनेट
२०७६ पौष २९ मंगलबार १७:३२:००

सल्यानमा मंगलबार तीन जिल्लाका सुरक्षा समितिको संयुक्त बैठक भएको छ । अन्तर जिल्ला सुरक्षा समितीको बैठकमा सल्यान, दाङ र बाँके जिल्लाका सुरक्षा समितीका पदाधिकारी सहभागी थिए । 

शान्ति सुरक्षालाई प्रभावकारी बनाउन समन्वय र सुचना आदान प्रदानको विषयमा छलफल भएको सल्यानका प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले बताए । 

उनले लागूऔषध नियन्त्रण, अवैध हातहतियार र विप्लव समूहका गतिविधि नियन्त्रणका बारेमा छलफल भएको जानकारी दिए ।

बैठकमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुख सहभागी थिए । 

बैठकमा चारवटै सुरक्षा अंगका प्रमुखको बैठकले आवश्यक समन्वय गरेर कानुन विपरितका गतीविधिहरु हुन नदिने र नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउने निर्णय भएको जनाइएको छ ।