Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ पौष २९ मंगलबार १६:५९:००
Read Time : < 1 मिनेट
समाचार

चीनसँगको नाकामा पहिलोपटक सशस्त्र प्रहरीको बिओपी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ पौष २९ मंगलबार १६:५९:००

उत्तरी छिमेकी चीनसँगको सीमामा पहिलोपटक  सशस्त्र प्रहरी बलले बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरेको छ ।  संखुवासभाको किमाथांकामा सशस्त्र प्रहरी बलले बिओपी स्थापना गरेको हो ।

भोटखोला गाउँपालिका–किमाथांकामा बिओपीस्थापना भएको हो । चीनसँगको सीमाबाट करिब एक किलोमिटरको दुरीमा बिओपी स्थापना गरिएको छ । 

मंगलबार पूर्व क्षेत्र सशस्त्र प्रहरी बल मुख्यालय १ नम्बर बराह बाहिनिका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक नगेन्द्रबहादुर थापा र प्रमुख जिल्ला अधिकारी संखुवासभाका जीवनप्रसाद दुलालले सो बिओपिको उद्घाटन गरे । बिओपी स्थापनाका लागि सोमबार पूर्व क्षेत्रबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा सशस्त्र प्रहरी बलको टोलि नेपाली सेनाको हेलिकोप्टर मार्फत किमाथांका लगिएको थियो । स्थानीयको २ वटा घर भाडामा लिएर बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल मुख्यालयले जनाएको छ । सो स्थान सदरमुकाम खादबारीबाट ११० किमि टाढा छ । 

किमाथांकाको बिओपीसँगै सशस्त्र प्रहरीको बिओपी संख्या ११२ पुगेको छ । गत महिना मात्र सरकारले १ सय १४  नयाँ बिओपी स्थापना गर्ने निर्णय गरेको थियो । चीनसँगको सीमा अन्तर्गत दार्चुलाको लिपुलेक, मुस्ताङको लोमाङथाङ र हुम्लाको हिल्सा नाकामा पनि बिओपी स्थापनाको प्रक्रिया अघि बढिसकेको सशस्त्र प्रहरीले जनाएको छ ।