मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ पौष २९ मंगलबार १६:५०:००
Read Time : > 1 मिनेट
समाचार

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ पौष २९ मंगलबार १६:५०:००

नेपालका लागि भारतीय राजदूतमा विनय मोहन क्वात्रालाई प्रस्ताव गरिएको छ । भारतको मन्त्रीपरिषदले सोमबार उनलाई नेपालका लागि राजदूतमा नियुक्त गर्ने निर्णय गरेर प्रस्ताव गरेको हो । नेपालले प्रस्ताव स्वीकृत गरेपछि उनी राजदूतमा नियुक्त हुनेछन् ।

३० वर्ष भारतीय विदेश सेवामा कार्यरत क्वात्राले यसअघि फ्रान्सको राजदूत भएर काम गरिसकेका छन् । अघिल्लो महिना भारतीय राजदूत मञ्जिवसिंह पुरी दुई वर्षको कार्यकाल सकेर फर्केपछि भारतले नेपालमा नयाँ राजदूत पठाउन लागेको हो । उनले फेबु्रअरीदेखि नेपालको कार्यकाल सम्हाल्ने छन् ।

को हुन् विनय क्वात्रा ?
सन् १९८८ मा भारतीय विदेश सेवामा प्रवेश गरेका क्वात्राले सन् १९९३ सम्म जेनेभास्थित परमानेन्ट मिसन अफ इन्डियामा अधिकृत भएर काम गरे । उनले त्यहीँ फ्रान्सेली भाषा सिक्नेबाहेक संयुक्त राष्ट्र संघको मानव अधिकार आयोगअन्तर्गत विशेष एजेन्सीसँग सम्बन्धित काम पनि गरे ।

यही अवधिमा जेनेभाको स्कुल अफ इन्टरनेशनल स्टडिजबाट अन्तर्राष्ट्रिय सम्बन्धमा डिप्लोमा कोर्स पुरा गरे ।

१९९३ देखि २००३ सम्म डेस्क अफिसर भएर राष्ट्र संघको हेडक्वार्टरमा काम गरे र दक्षिण अफ्रिका र उज्वेकिस्तानमा डिप्लोम्याटिक मिसनमा काम गरेका थिए । सन् २००३ देखि २००६ सम्म काउन्सिलर र चिनको बेइजिङमा भारतीय मिसनको डेप्युटी चिफ भएर काम गरे । सन् २००६ देखि २०१० सम्म क्वात्राले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयको व्यापार, अर्थ तथा वित्त ब्युरो प्रमुख भएर नेपालमा काम गरे ।  
सन् २०१० को मेदेखि जुलाई २०१३ सम्म वासिंग्टनस्थित भारतीय दुतावासमा वाणिज्य मन्त्री भएर काम गरे ।

जुलाई २०१३ देखि अक्टुबर २०१५ सम्म क्वात्राले अमेरिका तथा क्यानडाका लागि विदेश मन्त्रालयको नीति योजना र अनुसन्धान डिभिजनको नेतृत्व गरे र पछि विदेश मन्त्रालय अमेरिकामा डिभिजन प्रमुखको रुपमा काम गरे । 

अक्टुबर २०१५ देखि अगस्ट २०१७ सम्म क्वात्राले ज्वाइन्ट सेक्रेटरीको रुपमा प्रधानमन्त्री कार्यालयमा काम गरे । उनले बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर तथा अर्थशास्त्रमा एम फिल गरेका छन् ।