सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २५ बिहीबार
  • Thursday, 09 July, 2020
एजेन्सी काठमाडौं
२०७६ पौष २९ मंगलबार १६:१४:००
विश्व

शताब्दीकै तातो समुद्र : ४५० प्रतिशतले बढ्यो समुद्री तापक्रम

एजेन्सी काठमाडौं
२०७६ पौष २९ मंगलबार १६:१४:००
?>

वैज्ञानिकहरुले समुद्रको तापक्रम ५ वटा आणविक बम खसालिएजत्तिकै गतिले बढिरहेको तथ्य सार्वजनिक गरेका छन् । सोमबार प्रकाशित एक अध्ययनले सन् २०१९ मा समुद्री तापक्रम अहिलेसम्मकै उच्च रहेको देखाएको छ । 

‘वायूमण्डलीय विज्ञानमा उन्नति’ नामक जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनले समुद्रहरुको तापक्रम उच्च गतिमा बढिरहेको देखाएको हो । अमेरिकाको सेन्ट थोमस विश्वविद्यालयका प्रोफेसर एवं अध्ययनकर्ता जोन अब्राहमका अनुसार अहिले प्रतिसेकेण्ड समुद्रको तापक्रम ५ देखि ६ वटा एटम बम विष्फोट गराएजतिको अवस्थामा छ । 

१४ जना सम्मेलित अन्तर्राष्ट्रिय वैज्ञानिकको टोलीले सन् १९५० देखिको समुन्द्री तापक्रमसम्बिन्ध अध्ययन गर्दै आएको छ । उनीहरुले समुद्री सतहदेखि २०० मिटर गहिराइको तापक्रमको अध्ययन गरी निष्कर्षमा पुगेका हुन् ।  
प्रतिवेदन सन् १९५० पछि सन् २०१० र २०१९ मा समुद्री सतहको तापक्रम तिव्रगतिले बढेको देखिएको छ । सन् २०१५ यताका ५ वर्षमा अहिलेसम्मकै उच्च तापक्रम मापन गरिएको छ ।

सन् २०१९ सम्म समुन्द्रमा २ सय २८, जेटाजुल (२१ वटा सुन्य) तापक्रम सञ्चय भएको छ । सन् २०१८ मा २०३, २०१७ मा १९३, २०१६ मा १८५ र २०१५ मा १८० जेटाजुल तापक्रम समुद्रमा सञ्चय भएको थियो । सन् २०१९ मा आउँदा यो करिब २५ जेटाजुलले बढेर २ सय २८ पुगेको हो ।

अमेरिकाको राष्ट्रिय वायुमण्डलीय अनुसन्धान केन्द्रका सिनियर वैज्ञानिक केभिन ट्रनबर्थले अस्वभाविक तापक्रम वृद्धिको मुख्य कारण मानव र मानवका क्रियाकलाप रहेको ठोकुवा गरेका छन् । 

यस्तै चीनको एकेडेमी अफ साइन्सका प्रोफेसर एवं अध्ययनकर्ता लिजिङ्ग चेंगले तापक्रम बढाउने ग्यासहरुको अधिक उत्सर्जनले समुद्र तातेको तर्क गरे । 

समुद्रको तापक्रम वृद्धिलाई मौसम परिवर्तनको प्रभावकारी सूचक मानिन्छ । पृथ्वीको तीन भाग ओगटेको समुद्रले एक भागमा रहेका मानवीय क्रियाकलापले तापक्रमको भार झेल्नु परेको छ । 

‘हिरोशिमामा गराइएको बम विष्फोटमा ६३ पिकोजुल (१२ वटा सुन्य) तापक्रम सञ्चित थियो । लिजिङ्गले भने, ‘मैले गरेको हिसाब अनुसार पछिल्ला २५ वर्षमा समुन्द्रमा हिरोशिमामा विष्फोट भएका ३.६ अरब बम बरारबरको तापक्रम सञ्चय भएको छ ।’

अध्ययनले सन् १९५५ देखि १९८६ सम्म समुद्री सतहको तापक्रम स्थिर रुपले बढेको देखाएको छ । सन् १९८७ देखि सन् २०१९ सम्म ३२ वर्षको अवधिमा ४ सय ५० प्रतिशतले तापक्रममा वृद्धि भएको छ । मानिसका क्रियाकलाप यही किसिमले बढ्ने हो भने तापक्रम वृद्धिको दर दिनप्रतिदिन अझ तीव्र रुपमा बढ्ने निश्चित छ । 

सन् २९७० देखि पृथ्वीमा बढेको तापक्रममध्ये ९० प्रतिशत समुन्द्रमा र ४ प्रतिशतमात्रै जमिन र वायुमण्डलमा सञ्चित भएको अध्ययनले देखाएको छ ।

समुद्रको तापक्रम बढ्दा अक्सिजनको मात्रा घट्दा त्यसको सिधा असर समुन्द्रका प्राणीमा र मौसममा पर्छ । तापक्रम बढाउने ग्यासहरुको उत्सर्जन कम गर्नेतिर नलाग्ने हो भने आउँदा दिन अझ भयाभह हुनेतिर वैज्ञानिकले सचेत गराएका छन् ।