मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ पौष २९ मंगलबार १५:२०:००
Read Time : > 1 मिनेट
अर्थ

लमजुङमा तरुल र सखरखण्डको बिक्री बढ्यो

Read Time : > 1 मिनेट
२०७६ पौष २९ मंगलबार १५:२०:००

माघे संक्रान्तिमा खाइने तरुल र सखरखण्डको कारोबार लमजुङमा ह्वात्तै बढेको छ । दुई÷तीन अघिदेखि नै लमजुङको सदरमुकाम वेसीशहरसहित सुन्दरबजार, भोटेओडार, खुदी, भूलभूले, उदीपुर, भोर्लेटार, रामबजार लगायतका ठाउँमा तरुल तथा सखरखण्डको व्यापार बढेको व्यापारीहरुले बताएका छन् । 

८ वर्षदेखि बेशिसहरको शेराचोकको सडक छेउमा तरकारी तथा फलफूलको व्यापार गदै आएकी बेसिशहर नगरपालिका ३ गाउँशहरका चन्द्रमायाँ परियारले यसवर्ष तरुल र सखरखण्डको माग बढेको बताइन् । ‘विगतका वर्षहरुमा तरुल र सखरखण्ड बिक्री हुन निकै कठिन हुन्थ्यो,’ उनले भनिन्, ‘यसवर्ष त खरिद गरेको दुई दिनमै ८ हजारको तरुल र ३ हजार रुपैयाँको सखरखण्को कारोबार भयो ।’ 

उनले  रातो, पातलो, लैरे पन्जे सेतो र रातो जातका तरुल बिक्री गरेको बताइन् । प्रतिकिलो ३५ रुपैयाँमा खरिद गरेर परियारले ७० रुपैयाँमा यसवर्ष तरुल बिक्री गरिरहेकी छन् । जिल्लाको बजार क्षेत्रहरुमा तरुल तथा सखरखण्डको व्यापार राम्रो भएको व्यापारीहरुले बताए । 

यी कन्दमूलको माग बढेपछि लमजुङको उत्पादनले थेग्न सकेको छैन । ब्यवसायीहरुले जिल्ला बाहिरबाट तरुल तथा सखरखण्ड ल्याएर बिक्री गरेको बताएका छन् । लमजुङमा बिक्रीका लागि राखिएका तरुल तथा सखरखण्ड छिमेकी जिल्ला तनहूँ र गोरखाबाट ल्याइएको बेशिसहर फलफूल तथा तरकारी पसलका इन्द्रबहादुर अधिकारीले बताए । उनका अनुसार यसवर्ष तरुल ७० देखि १ सय ४० रुपैयाँ प्रति किलो र सखरखण्ड ४० देखि ७० रुपैयाँ प्रतिकिलोमा बिक्री गरिएको छ ।  

माघे संक्रान्तिमा घीउ र चाकुसँग तरुल खानु अनिवार्य मानिन्छ । माघे संक्रान्ति पर्वको अवसरमा बढी व्यापार हुने वन तरुल लमजुङको भुजुङ, पसगाउँ, सिङ्दी, भोँजे, घाम्राङ, तामू, घनपोखरा, सिउरुङ, ताघ्रिङ, चिप्ला, घेर्मु, हिलेटक्सार, पाचोक, दूधपोखरी, ईलमपोखरी लगायतका ठाउँहरुमा पाइन्छ । तर, आवश्यक संरक्षण र संवद्र्धन हुन नसक्दा लमजुङका बनजंगलबाट वन तरुल लोप हुने अवस्थामा पुगेको छ ।