मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
स्यार्पू ताल छेउमा हेलिप्याड र उद्घाटन कार्यक्रममा आएका स्थानीय । तस्बिर : नयाँ पत्रिका 
२०७६ पौष २९ मंगलबार १४:०७:००
Read Time : < 1 मिनेट
समाचार

स्यार्पूमा हेलिप्याड निर्माण

Read Time : < 1 मिनेट
२०७६ पौष २९ मंगलबार १४:०७:००

बाँफिकोट गाउँपालिका ३ स्यार्पूमा हेलिप्याड निर्माण सम्पन्न भएको छ । नेपाली सेना र गाउँपालिकाको सहकार्यमा हेलिप्याड निर्माण गरिएको हो ।

करिब ५ लाख रुपैयाँको लागतमा एक हप्ता लगाएर सेनाले हेलिप्याड निर्माण गरेको नरसिंह दल गणका गणपति दिनेश गौतमले जानकारी दिए । 

हेलिप्याड निर्माणमा गाउँपालिकाको तीन लाख र सेनाले दुई लाख रुपैयाँ बराबरको श्रमदान गरेको गौतमले बताए । हेलिप्याड निर्माणमा ५० जना सेनाको टोली परिचालन भएको थियो । 

हेलिप्याड निर्माणपछि जिल्लाका विकट स्थानका नागरिकलाई विशेष सहयोग पुग्ने बताइएको छ ।