मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एजेन्सी
२०७६ पौष २९ मंगलबार १३:४१:००
Read Time : < 1 मिनेट
विश्व

साउदी अरबमा हिउँ पर्यो 

Read Time : < 1 मिनेट
एजेन्सी
२०७६ पौष २९ मंगलबार १३:४१:००

साउदी अरबको उत्तरी क्षेत्र ताबुकमा हिमपात भएको छ । शुक्रबार बिहानदेखि हिउँ पर्न सुरु भएको हो । 

अरब न्यूजका अनुसार हिउँले जबल अल लवज, अल दहेर र अल्कान पर्वत पूर्णरुपमा ढाकिएको छ । साउदी अरबको उत्तरी भाग ताबुक पर्यटकीय गन्तव्य हो । 

यो क्षेत्रमा तापक्रम शुन्यभन्दा तल झरेपछि प्रशासनले सर्वसाधारणलाई चिसोबाट जोगिन र सर्तक रहन आग्रह गरेको छ । मौसम विभागले ताबुक, मदिना र उत्तरी सीमावर्ती क्षेत्रमा भारी वर्षा हुन सक्ने चेतावनीसमेत दिएको छ । 

अरबी पत्रिका अशराक अल अवसातका अनुसार प्रत्येक वर्ष साउदी अरबका जबल अल लवज, जबल अल ताहिर र ताबुकका अल्कान पर्वतमा दुईदेखि तीन हप्तासम्म हिउँ पर्छ । 

यो पहाड साउदी अरबको उत्तरी पश्चिमी इलाका पर्छ ।  ताबुकका पर्यटन क्षेत्रका जनसम्पर्क अधिकारी वाइल अल–खालदी भन्छन्, ‘हिउँ पर्न थालेपछि आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ । यो वर्ष स्कूल छुट्टी भएको समयमा हिउँ परेकाले धेरै पर्यटक त्यहाँ पुग्ने अपेक्षा गरेका छौं ।’

जबल अल लावज पहाड २,६०० मिटर अग्लो छ । यसलाई अलमन्ड माउन्टेन पनि भनिन्छ । यो पहाडको फेदमा बदामका विरुवाहरु पाइन्छ । यहाँ पाउने विरुवा परफ्युम बनाउन प्रयोग गरिन्छ । ताबुक जोर्डन र साउदी अरबको सीमावर्ती क्षेत्र हो । 

यतिबेला मध्य पूर्वी क्षेत्रमा भारी हिमपात भइरहेको छ । गल्फ न्युजका अनुसार बुधबार लेवानको नबतियेह प्रान्तमा हिमपातका कारण तीन जना मानिसको मृत्यु भएको थियो । 

इरान, प्यालेस्टाइन, लेवनान, जोर्डनलगायतका देशहरुमा हिउँ परिरहेको मध्य पूर्वका समाचार संस्थाहरुले जनाएका छन् ।