मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी काठमाडाैं
२०७६ पौष २९ मंगलबार १३:१७:००
Read Time : < 1 मिनेट
विश्व

‘अष्ट्रेलियामा भएको आगालागीबाट निस्केको धुँवाले पृथ्वीकाे फन्को लगाउने’

Read Time : < 1 मिनेट
एजेन्सी काठमाडाैं
२०७६ पौष २९ मंगलबार १३:१७:००

अष्ट्रेलियामा केही महिनादेखि लागेको भिषण आगलागीको धुँवा पृथ्वीभर घुम्ने नासाले बताएको छ । अष्ट्रेलियाबाट उडेको धुँवा पृथ्वीभर एक फन्को लगाएर फेरि अष्ट्रेलिया पुग्ने छ । अहिले धुँवा प्रशान्त महासागरमाथि घुमिरहेको नासाले जनाएको छ । 

नासाका अनुसार धुँवाले नयाँ वर्षको पहिलो दिन दक्षिण अमेरिका पार गरेको र जनवरी ८ सम्म पृथ्वीको आधा भाग घुमिसकेको छ । 

आगोका ज्वालाहरु धेरै विशाल रहेकाले अस्वभाविक रुपमा धेरै आँधीबेहरी ल्याएको छ । नासाको तथ्यांकअनुसार धुँवा आकाशमा १७.७ किलोमिटर माथिसम्म पुगेको छ । ‘त्यति माथिसम्म पुगेको धुँवा संसारभरको आकाशको अवस्थालाई प्रभावित गर्दै पृथ्वी घुम्न सक्छ’ नासाले भनेको छ । 

त्यो धुँवाले वायुमण्डलमा कस्तो असर भन्ने अध्ययन भइरहेको नासाले जनाएको छ । धुँवाका कारण उत्तर अमेरिकाको आकाशको रङ्ग परिवर्तन भएको र न्यूजील्यान्डमा हिउँ खैरो भएको थियो । धेरै ठाउँमा बाक्लो धुँवा फैलिँदा दिउँसै अध्याँरो भएको थियो । 

देशको पूर्वी क्षेत्रमा सयभन्दा बढी स्थानमा आगलागी भइरहेको छ । हालका दिनमा तापक्रम कम भएको र वर्षाले आगो नियन्त्रण गर्न सहयोग पुर्याएको छ । 

अष्ट्रेलियाको धेरै भागमा फैलिएको डढेलोबाट २८ जना मानिसको मृत्यु भइसकेको छ । आगलागीमै परेर करोडौं जनावर मरेका छन् । यसले जलवायु परिवर्तनमा तीव्र असर पुर्याउने विज्ञहरुले बताएका छन् ।