मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ पौष २९ मंगलबार १२:५३:००
Read Time : > 1 मिनेट
समाचार

अब बसभित्रै पार्टी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ पौष २९ मंगलबार १२:५३:००

हामी पार्टी गर्न कहाँ जान्छौं ? पार्टी प्यालेस, क्लब, बार या यस्तै ठाउँ । तर बसमै पार्टी गर्न पाइन्छ भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । अब तपाईंले पार्टी वा यस्तै कार्यक्रम गर्न अन्यत्र जानै नपर्ने नभएको छ । 
बसमै मज्जाले पार्टी गर्न सक्नुहुनेछ । 

पार्टी बस नेपालले काठमाडौंमा यस्तो बस ल्याएको छ । जहाँ तपाईं निर्धक्क पार्टी आयोजना गर्न सक्नुहुन्छ । अर्थात् तपाईंले बसभित्र प्यालेसको मज्जा लिन सक्नुहुनेछ । 

नेपालमै पहिलोपटक सञ्चालनमा आएको यस्तो बस नेपालीहरूका लागि विल्कुल नौलो अनुभव हुने पार्टी बस नेपालका निर्देशक अशोक शर्माले बताए ।  रियल इकोनोमिक सस्टिनेबल सोसाइटी नेपालले २ वटा पार्टी बस सञ्चालनमा ल्याइसकेको छ । 

विशेषगरी भ्रमण वर्षलाई लक्ष्य गरी यस्तो खालको बस ल्याइएको शर्माले प्रस्ट्याए । अन्यभन्दा फरक र नयाँ ढंगले आन्तरिक पर्यटकलाई समेत प्रवद्र्धन गर्न मिल्ने गरी बस सञ्चालनमा ल्याइएको शर्मा बताउँछन् । ‘हाम्रा अन्य धेरै लक्ष्य छन्, निकै वर्षको सफलतापछि बस ल्याएका हौं । शर्माले भने, ‘दुई वटा बसको मूल्य झण्डै ७ करोड रुपैयाँ परेको छ ।’ 

के के छन् पार्टी बसमा सुविधा ?
पार्टी बसभित्र डिजे साउन्ड सिस्टम जडान गरिएको छ । आवाज बाहिरसम्म नजाओस् भनेर साउन्ड प्रुफको व्यवस्था गरिएको छ । 

बार, वाइफाईको साथै शौचालय र धुम्रपान गर्ने ठाउँ पनि बनाइएका छन् । बस्नका लागि दुईतर्फी सोफाहरू राखिएका  छन् । मोबाइल चार्ज गर्न मिल्ने व्यवस्था र एयर कन्डिसनको समेत व्यवस्था रहेको निर्देशक शर्माले जानकारी दिए । 

पार्टी गर्दा चोटपटक नलागोस् भन्ने हेतुले बसमा विशेष सुरक्षा व्यवस्थासमेत मिलाइएको छ । ‘३६ जनासम्मको सिट क्षमता रहेको बसमा यात्रुहरूका लागि बीमासमेत गरेका छौ’, शर्माले भने ।

पार्टी गर्न कति लाग्छ खर्च ?
पार्टी गर्न कम्पनीले विभिन्न तरिकाबाट मूल्य निर्धारण गरेको छ । हप अन पार्टी राइडको प्रतिव्यक्ति १ हजार रुपैयाँ निर्धारण गरिएको निर्देशक शर्माले बताए ।

त्यस्तै, प्राइभेट (रिजर्भड) पार्टीको ३ घण्टाको ३५ हजार रुपैयाँ र त्यसपछि प्रत्येक घण्टाको १० हजार रुपैयाँ, ६ घण्टाको प्राइभेट पार्टीको ५५ हजार रुपैयाँ र त्यसपछि प्रतिघण्टा १० हजार रुपैयाँ, १२ घण्टाको प्राइभेट

पार्टीका लागि ८५ हजार रुपैयाँ र त्यसपछि प्रतिघण्टा १० हजार रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीले विमानस्थलसम्म ल्याउन वा पु¥याउन ‘वान वे’को २० हजार रुपैयाँ र दुईतर्फी ३५ हजार रुपैयाँ निर्धारण गरेको पनि शर्माले जानकारी दिए ।