मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ पौष २९ मंगलबार १२:३५:००
Read Time : > 1 मिनेट
समाचार

सीमा क्षेत्रबाट अवैध समान बरामद

Read Time : > 1 मिनेट
२०७६ पौष २९ मंगलबार १२:३५:००

सशस्त्र प्रहरीले कञ्चनपुरको पश्चिमी सीमा क्षेत्र दोधाराचाँदनीबाट अवैध समान बरामद गरेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट दोधाराको टोलीले भारततिर तस्करी हुन लागेको अवैध समान बरामद गरेको हो । 
सशस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गणका गणपति बीर सिंह शाहुले नेपालबाट भारत तस्करी भइरहेको अवस्थामा कपडा र भारतीय जिप बरामद गरिएको बताए । 

बिओपी दोधाराका इन्चार्ज रामसिंह भण्डारीको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले सोमबार माहाकाली नगरपालिका १ सीमा क्षेत्रबाट भारत तस्करी भइरहेको अवस्थामा युके १८ सिए ४८९२ भारतिय नम्बर प्लेटको महिन्द्रा ब्लेरो पनि बरामद गरेको छ ।

‘साढे २६ लाखका कपडा र साढे १३ लाखको जिपको मुल्याङ्गकन गर्दा ४० लाख बराबरको अवैध समान बरामद गरेका छौँ,’ ‘सशस्त्र प्रहरी उपरीक्षक शाहुले भने, ‘थप कारबाहीका लागि जिपसहित समान भन्सार कार्यालयमा बुझाएका छौँ ।’ तस्करले भन्सार नकाटेरै गैर कानुनी रुपमा चाँदनीको नाका प्रयोग गरेर भारत समान तस्करी गर्दा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक शाहुले बताए । सशस्त्र प्रहरी उपरीक्षक शाहुका अनुसार सशस्त्र प्रहरीले कञ्चनपुरका सीमा क्षेत्रमा नेपाली भूमिको सुरक्षाका साथै सीमामा हुने अवैध गतिबिधी नियन्त्रण गर्नका लागि गस्ती लगायतका काम अघि बढाएको छ ।

सशस्त्र प्रहरीको टोली जिपसम्म पुग्दा चालक सहितका व्यक्ति फरार भएका थिए । कसको समान हो ? भन्ने विषयमा सशस्त्र प्रहरीले खोजी भइरहेको जनाएको छ । भारतबाट नेपाल ल्याईने अवैध समान बरामद गरेका धेरै उदाहरण भएपनि नेपालबाट भारत तस्करी हुन लागेको यो ठूलो परिमाणको समान पहिलो पटक हो । 

घटनाबाट समेत नेपाल पनि बाह्य मुलुकमा बस्तु तथा सेवा सप्लायर्स गर्न सक्षम हुँदै गएको स्थानीयको बुझाई छ । तर, गैर कानुनी विधिबाट समान तस्करी गर्ने, गराउने समुहको पहिचान गरेर उनीहरुलाई पनि कार्बाही गरेमात्रै अवउपरान्त तस्करी नियन्त्रण हुने स्थानीयको भनाई छ ।