Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २८ बुधबार
  • Wednesday, 12 August, 2020
२०७६ पौष २९ मंगलबार १०:११:००
समाचार

कर्णाली करिडोर : हुम्ला-बाजुरा जोड्ने बेलिब्रिज जडानको काम सम्पन्न

२०७६ पौष २९ मंगलबार १०:११:००

कर्णाली करिडोर अन्तर्गत हुम्ला-बाजुरा सडक खण्ड जोड्ने कबाडी खोलामा बेलिब्रिज जडानको काम सकिएको छ । बेलिब्रिजमा फलामे सामान जडान कार्य  २४ पुसमा सम्पन्न भएको हो । 

२०७६ वैशाखमा निर्माण कार्य  सुरु भएकाे  बेलिब्रिजको काम २४ पुसमा सम्पन्न भएको कर्णाली करिडोर आयोजनाको प्राविधिक सेनानी इन्जिनियर मिलन कार्कीले बताए । कार्कीका अनुसार बेलिब्रिजमा फलाम जोड्ने काम सकिएकाे छ । अब र्‍याम ढलान कार्य बाँकी छ । 

माघ महिनाको अन्तिमसम्म सम्पूर्ण कार्य सम्पन्न हुने कार्कीको भनाई छ । बेलिब्रिजमा मानिसहरु आवतजावत गर्न थालिसकेका छन्  । कर्णाली करिडोरको काम तिब्र रुपमा सञ्चालन भइरहेको नेपाली सेनाले जनाएको छ ।