मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
काठमाडाैं
२०७६ पौष २९ मंगलबार ०८:०९:००
Read Time : < 1 मिनेट
खेलकुद

गोलरहित बराबरीमा रोकिए एपिएफ र च्यासल

Read Time : < 1 मिनेट
काठमाडाैं
२०७६ पौष २९ मंगलबार ०८:०९:००

सोमबार रंगशालामा दोस्रो खेलमा अर्को विभागीय टोली एपिएफले च्यासलविरुद्ध प्रतिस्पर्धा गरेको थियो । विभागीय टोलीको खेल स्तरमाथि प्रश्न उठिरहँदा एपिएफले च्यासलविरुद्ध गोलरहित बराबरी नतिजामा चित्त बुझायो ।

लिगकै सर्वाधिक गोलकर्ता र बलियो मिडफिल्ड भएको च्यासलविरुद्ध युवा खेलाडीलाई मौका दिएको एपिएफका प्रशिक्षक राजेन्द्र तामाङले बताए । ‘मैले बलियो टोलीविरुद्ध युवा खेलाडीमाथि विश्वास गरेको थिएँ, उनीहरूले सोचेजस्तो नतिजा दिलाएका छन् ।’

यद्यपि, नियमित प्रशिक्षण भइरहे पनि खेलाडीको लेभल कम भएको उनले जनाए । यता च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले प्राप्त अवसरमा गोल गर्न चुकेको बताए ।