१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
काठमाडौं
२०७६ पौष २९ मंगलबार ०८:०२:००
Read Time : < 1 मिनेट
खेलकुद

मलेसियन टोलीको सानदार जित

Read Time : < 1 मिनेट
काठमाडौं
२०७६ पौष २९ मंगलबार ०८:०२:००

मलेसिया सेलेक्सन ११ ले मनमोहन स्मृति राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा सानदार जित निकालेको छ । समूह डीअन्तर्गत सोमबार सम्पन्न खेलमा गण्डकी प्रदेशलाई १९२ रनले पराजित गर्दै मलेसियादेखि नेपालमा क्रिकेट खेल्न आएको सेलेक्सन ११ ले जित हात पारेको हो ।

सेलेक्सन र गण्डकी यसअघि नै उपाधिहोडबाट बाहिरिसकेका थिए । सोमबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । दुई प्रादेशिक र दुई विभागीय टोली सेमिफाइनलमा पुगेका छन् ।

सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश, त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब अन्तिम चारमा पुगेका हुन् । बुधबार हुने पहिलो सेमिफाइनल खेलमा आर्मीले बागमतीको सामना गर्नेछ । बिहीबार हुने दोस्रो सेमिफाइनलमा पुलिस क्लब र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ ।

इनरुवा रंगशालामा टस जितेर ब्याटिङ रोजेको मलेसियन टोलीले ४७ ओभरमा सबै विकेट गुमाउनुअघि २९८ रनको योगफल तय गरेको थियो । प्रत्युत्तरमा गण्डकी प्रदेश २७.२ ओभरमा १०६ रनमै समेटिन पुग्यो ।

सेलेक्सन ११ का अइनुल हाक्विमले १११ बलमा ८९ रन योगदान दिए । आफ्नो इनिङ्समा ११ चौका प्रहार गरेका उनी खेलको उत्कृष्ट खेलाडीसमेत घोषित भए ।