१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ पौष २८ सोमबार १९:४६:००
Read Time : > 1 मिनेट
समाचार

पाँच ठूला व्यापारिक संस्था नक्कली भ्याट बिल र आयकर छलि मुद्दामा सर्वाेच्चबाट दोषी ठहर 

Read Time : > 1 मिनेट
२०७६ पौष २८ सोमबार १९:४६:००

सर्वोच्च अदालतले कर छलि गरी राज्यकोषलाई हानी नोक्सानी पुर्याएकाे भन्दै देशका ठूला पाँच कम्पनीलाई दोषी ठहर गरेको छ । सर्वोच्च अदालतले नक्कली भ्याट र आयकर छलिको मुद्दामा भाटभटेनी सुपरमार्केटसहित पाँच वटा कम्पनीलाई दोषी ठहर गरेको हो । सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले भ्याटबिल छली मुद्दामा भाटभटेनी डिपार्टमेन्ट स्टोर, अरुण इन्टरकन्टिनेन्टल, शंकर ग्याँस, बीएस बानियाँ स्टोर र आईएटी प्रालीलाई दोषी ठहर गरेको हो । सर्वोच्च अदालतले ठूला करदाता कार्यालयले गरेको कर निर्धारणलाई नै सदर गरिदिएको छ ।

आन्तरिक राजश्व विभागका तत्कालीन उपमहानिर्देशक लक्ष्मण अर्यालको नेतृत्वमा ८ पुस ०६७ मा कर छलीबारे छानबिन गर्न समिति गठन भएको थियो । सो समितिले ५ सय १८ वटा व्यापारिक फर्मले नक्कली भ्याट बिल बनाई कर छलेको निष्कर्ष निकालेको थियो । ती कम्पनीबाट भ्याट ३ अर्ब ७ करोड, आयकर ३ अर्ब ३३ करोड र २० करोड ५० लाख रुपैयाँ अन्तः शुल्क हिनामिना भएको उक्त समितिले ठहर गरेको प्रतिवेदनमा उल्लेख छ ।

ठूला करदाता कार्यालयको कर निर्धारण विरूद्ध यि ५ कम्पनीले राजश्व न्यायाधीकरणमा मुद्दा दायर गरेका थिए । राजस्व न्यायाधीकरणका तत्कालिन न्यायाधीश कुमार चुडाल (हाल मुख्यन्यायाधीश)ले त्यसमध्ये अरुण इन्टरकन्टिनेन्टललाई सफाइ दिएका थिए भने हाल सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की नेतृत्वको इजलासले अन्य चार कम्पनीलाई दोषी ठहर गरेका थियो । यस फैसलाविरूद्ध राजश्व विभागले सर्वोच्च अदालतलमा पुनरावेदन दर्ता गरेको थियो । सर्वोच्चका प्रधानन्यायाधीश जवरा र न्यायाधीश ढुंगानाको संयुक्त इजलासले यि पाँचै  कम्पनीका मुद्दालाई एकसाथ राखेर गत ३० भदौदेखि निरन्तर सुनुवाइ गरिरहेको थियो । 

नक्कली भ्याटविल बनाएर खर्च बढी देखाउने लगायतका कार्य गरी राजश्व छलि गरेको अनुसन्धानबाट खुलेको थियो । यस फैसलको पूर्णपाठ भने सार्वजनिक हुन केही समय लाग्नेछ । सर्वोच्च प्रशासनका अनुसार संक्षिप्त फैसला भने बुधबार लेखेर सार्वजनिक गरिने छ । 

कर छलिमा दोषि ठहरिएका कम्पनीहरुको विवरण यस्तो छ । 

भाटभटेनी सुपरमार्केट – भाटभटेनीले २२ करोड ६७ लाख ४४ हजार रुपैयाँ बराबरको कर छली गरेको  २९ असार ०७४ मा राजश्व न्यायाधीशकरणले फैसला गरी दोषी ठहर गर्याे ।अनुसन्धानका क्रममा भाटभटेनीले १ सय ५२ वटा कम्पनीसँग विभिन्न सामान खरिद कर छली गरेको पाइएको थियो ।

एआईटी कम्पनी – राजस्व प्रशासनले ११ पुस ०६६ मा झूटा तथा नक्कली बिजक तयार गरेको सूचनाका आधारमा निरीक्षण गरेको थियो । सो कम्पनीले १ करोड २१ लाखको नक्कली बिल देखाएर २४ लाख ९५ हजार रुपैयाँ भ्याट छलेको भेटिएको थियो । 

अरुण इन्टरकन्टिनेन्टल – ३ करोड ६५ लाखको सामान खरिद गरेको देखाएर ५० लाख १६ हजार रुपैयाँ भ्याट छली गरेको र त्यति नै रकम जरिवाना हुने आन्तरिक राजश्व विभागले निर्धारण गरेको थियो । 

शंकर अक्सिजन ग्यास  – २२ लाख १३ हजार रुपैयाँ र सोही बराबरको जरिवाना निर्धारण हुने २० कात्तिक ०६९ मा राजस्व न्यायाधिकरणले फैसला गरेको थियो ।

बीएस बानियाँ स्टोर्स एन्ड फर्म – झूटो बिलका आधारमा भ्याट र आयकर बापत ५७ हजार ५ सय ४८ रुपैयाँ कर छलेको अनुसन्धानबाट खुलेको थियो । राजश्व न्यायाधिकरणको २८ साउन ०७० मा सो रकम बराबरको जरिवाना हुने फैसला गर्याे ।