मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ पौष २८ सोमबार १७:०८:००
Read Time : < 1 मिनेट
समाचार

प्यूठानको एक विद्यालयले बोलायो बेलायतबाट शिक्षक

Read Time : < 1 मिनेट
२०७६ पौष २८ सोमबार १७:०८:००

प्यूठानको ऐरावती गाउँपालिका ६ स्थित जनता माविमा अंग्रेजी र आइसीटी बिषय अध्यापनका लागि बेलायतबाट दुई जना स्वयंसेवक शिक्षक आइपुगेका छन् । 

युके ट्रष्ट नेपालको सहयोगमा ती शिक्षकहरु विद्यालय आएको प्रधानाध्यापक खडानन्द पौडेलले जानकारी दिए । आइतबार विद्यालयमा एक कार्यक्रम गरी ती शिक्षकहरुलाई स्वागत समेत गरिएको उनले बताए । 

विद्यार्थीको अंग्रेजी पठनपाठनमा केही सहयोग पुग्ला भन्ने हेतुले शिक्षकहरुलाई ल्याइएको प्राधानाध्यपक पौडेलले जानकारी दिए । उनीहरुलाई बस्नका लागि कोठा र खानका लागि स्थानीय उत्पादित वस्तु विद्यालयले बेहोर्ने छ । 

पौडेलका अनुसार ती शिक्षकहरुले विद्यालयमा असार र साउन महिनासम्म कक्षा नौ सम्मका विद्यार्थीलाई अङ्ग्रेजी र आइसीटी बिषय अध्यापन गराउने छन् ।